
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण;- कोरिया नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आयोजनामा सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ सिओलमा यही आउँदो मिति २४ अगस्ट २०२५ (भाद्र ७ गते आईतबार) का दिन आयोजना गरिँदैछ।
“प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरूको प्रतिबद्धता” भन्ने नाराका साथ स्थापित यस संस्थाले आयोजना गर्न लागेको यस सांस्कृतिक कार्यक्रमले प्रवासी नेपाली समुदायबीच आपसी एकता, रचनात्मकता र मौलिक नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम 서울시 중구 퇴계로 417 मा बिहान ११:०० बजे सुरु हुनेछ।
कार्यक्रममा नेपाली सांस्कृतिक पहिचान झल्काउने विविध प्रस्तुति रहनेछन्। मौलिक तीज गीत, नृत्य र सांगीतिक प्रस्तुतिहरू मार्फत नेपाली कला र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्य आयोजक संस्थाले राखेको छ।
कार्यक्रममा निम्न कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ:
रिदम गैरे – युवा गायक,
विपना अधिकारी – चर्चित गायिका,
मिलन थापा – लोकप्रिय गायक,
रमिला गौतम– उदीयमान गायिका,
गिता चनारा– तीज विशेष गायिका,
र अनिता विश्वकर्मा – भावनात्मक प्रस्तुति दिने गायिका कार्यक्रममा उपस्थित भई आफ्नो प्रस्तुति दिनुहुनेछ।
आयोजक संस्थाले तयारी गरेअनुसार कार्यक्रमा प्रवेश शुल्क राखि संकलित आम्दानी संस्थाको “आपत्कालीन राहत कोष” अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। जसले आपतमा परेका नेपालीहरूलाई सहयोग पुर्याउनेछ।
कार्यक्रममा सहभागीहरूका लागि मौलिक तीज संस्कृतिअनुसारका नेपाली परिकारहरू परोसीने निर्णय गरिएको छ। परिकारमा स्वास्थ्य, स्वाद र संस्कृति समेटिएको विशेष मैनु राखिनेछ। सहभागीहरूको उत्साहवर्धन तथा थप मनोरञ्जनका लागि भाग्यशाली चिट्ठा (Lucky Draw) राखिनेछ। विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ।
यस वर्षको सुपादेउराली तीज विशेष कार्यक्रम २०२५ लाई SBI Remit ले प्रायोजन गरेको छ। कार्यक्रम संयोजकको जिम्मेवारीमा संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम पोखरेलले सम्हाल्नु भएको छ।कार्यक्रममा कोरियाभर कार्यरत र बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै रमाइलो तीज उत्सवमा सहभागी भई दिन संस्थाले हार्दिक निमन्त्रणा गरेको छ।
सम्पर्क विवरण:
📞 010-7711-6112, 📞 010-5573-0678, 📞 010-8360-1233, 📞010-8094-9313
🌐 Website: www.asmkr.com
📧 Email: asmsk077@gmail.com
आयोजक: अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया




