सुदुरपश्चिम समाज, दक्षिण कोरियाको १८औ साधारण सभा एवं अधिवेशन हुदै

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा स्थापना कालदेखि परोपकारी कार्यमा सक्रिय सुदूरपश्चिम समाजले आफ्नो १८औं साधारण सभा एवं अधिवेशन तपसिलको मिति, समय र स्थानमा आयोजना गर्न लागेको छ।

सुदूरपश्चिम समाजले आफ्नो उद्देश्यअनुसार प्रवासी भूमिमा रहेका नेपालीहरूलाई सामाजिक एकता, सहयोग र परोपकारका कार्यमा जोड्ने लक्ष्य कार्यक्रमहरु गर्दै आएको छ। यस अधिवेशनले विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका योजनाहरू निर्माण गर्ने र नयाँ नेतृत्व चयन गर्नेछ।

समाजले विगतमा विभिन्न आपतकालीन सहयोग, शिक्षा, स्वास्थ्य, मनोरञ्जन तथा सांस्कृतिक प्रवर्द्धनका कार्यक्रमहरू गर्दै आइरहेको छ। यस अधिवेशनबाट चयन हुने नव कार्यसमितिले यी र यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।

संस्थाले दक्षिण कोरियामा रहेका ब्यापारी, बुद्धिजिवि, राजनितिज्ञ, समाजसेवि तथा नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई उक्त कार्यक्रममा सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ। यसले नेपाली समुदायमा आपसी सहकार्य र एकताको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।

कार्यक्रमले प्रवासी भूमिमा नेपाली पहिचानलाई स्थापित गर्दै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सुदुरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष बिकाश बोहराले बताउनु भयो।

तपसिल
मितिः- २९ डिसेम्बर २०२४ (आईतबार)
समयः- ११:00 बजे (स्थानिय समय)
स्थानः- 서울특별시 종로구 창신길 51 (창신동) 5충
(दोङ्देमुन मेट्रोस्टेसन गेट नं. १ बाट १५० मिटर भित्र)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top