दक्षिण कोरियामा बृहत् साहित्य मेला सम्पन्न एकैसाथ आठ कृतिको विमोचन

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाले “नेपाली भषा साहित्यको विकास र विस्तारका लागि” भन्ने नारा राखि आयोजना गरेको “बृहत् साहित्य मेला 2025” 28 जनाबरी 2025 मंगलवारका दिन दक्षिण कोरियाको राजधान सिओल स्थित दोङ्देमुन सहरमा रहेको शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष निर्दोषले कार्यक्रमको सभा अध्यक्षता रहेको उक्त कार्यक्रमा प्रमुख अतिथिमा दक्षिण कोरियाका लागि नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी रहेका थिए। अतिथिका रुपमा एमटियु दक्षिण कोरियाका अध्यक्ष उदय राई, अनेसासका उपाध्यक्ष सरोज भण्डारी सर्वहारा, अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका अध्यक्ष रुद्र पौडेल, गुल्मी सम्पर्क समितिका अध्यक्ष जीवन न्यौपाने, मुक्तक प्रतिष्ठानका पूर्व सचिव एवम् सल्लाहकार विष्णु वाग्ले, कवि तथा सञ्चारकर्मी जीवन खत्री, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा लगायतका विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेको उक्त कार्यक्रमको कार्यक्रम संयोजन नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष तथा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका सल्लाहकार दिपक राजले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका महा-सचिव आरपिसी सङ्गमले गरेका थिए।

बिशेष साहित्यमा कवि सिद्धान्त गौतम (कलमकार), गजलकार राधेश आचार्य र सुधाकर दाहाल, मुक्तककार ह्यारी बोण्ड र तिल्ता मगर, कवि डिइबी सिकारुले हाइकु प्रस्तुत गरेका थिए। सोहि कार्यक्रममा उपस्थितहरुबाट विभिन्न साहित्यीक रचना प्रस्तुत गरिएको थियो। आयोजक संस्थाको तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो र उपस्थित अतिथि वाचकहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
बृहत् साहित्य मेला 2025 मा नेपाल मुक्तकालयको अध्यक्ष निलाञ्जला भारद्वाजको मुक्तक सङ्ग्रह निलाञ्जला त्यसै गरि गजल सङ्ग्रहतर्फ गजलकार दीप दर्शनको दुश्मन, गजलकार देव सागरको असिनाको तिहुन, गजलकार भोजराज घिमिरेको नाद र गजलकार कुशल नाथ योगीको कोहिनुर सँगै कविता सङ्ग्रहमा कवि सुरज राजको जव कविता निस्कन्छ जुलुसमा, कवि घनश्याम अस्तित्वको चिहानमाथि महल बनाइ रहेको मान्छे र कवि प्रेम प्रकाशको रगतको तर्पण गरि ८ (आठ) साहित्य सङ्ग्रहका पुस्तकहरुको बिमोचन गरिएको थियो।

साहित्य प्रेमिले खचाखच भरिएको सभाहलमा कार्यक्रम स्थानिय समय अनुसार दिउसो १ बजे देखि साँझ ५ बजे सम्म साहित्य सृजना सङ्ग्रह बिमोचन र सृजना वाचन निरन्तर चलिरहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top