अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा चियापान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले दक्षिण कोरियाको दोङ्देमुन सहरस्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा अर्घाखाँची जिल्लाबाट विभिन्न सिलसिलामा दक्षिण कोरिया आएका जिल्लावासीहरूबीच आपसी भेटघाट, सौहार्दता अभिवृद्धि तथा विचार आदान-प्रदान गर्ने उद्देश्यले 28 जनवरी २०२५ मा चियापान तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरि सु-सम्पन्न गर्यो। उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुद्र पौडेलले गरेका थिय भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव सि.एन. भण्डारीले गरेका थिय।

कार्यक्रममा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बाबुराम पोखरेलले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य, गतिविधि र आगामी योजनाबारे जानकारी गराउदै अर्घाखाँची जिल्लावासीहरूबीच आपसी सहयोग, सद्भाव र एकता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। उनले संस्थाले नेपाली समुदायका समस्याहरू समाधान गर्न तथा सामाजिक गतिविधिहरूलाई प्रवर्द्धन गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

संस्थाका सल्लाहकारहरुले कोरियामा बसोबास गर्ने नेपाली समुदायले भोग्नु परेका चुनौतीहरू, समाधानका उपायहरू, रोजगारीका अवसरहरू तथा नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनका विषयमा प्रकाश पारेका थिए। साथै, उपस्थित सहभागीहरूले अनुभव आदान-प्रदान गर्दै अर्घाखाँचीवासीहरूको भलाइका लागि सामूहिक रूपमा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रम उपस्थित सल्लाहकार तथा अतिथिहरूले कोरियामा रहेका नेपालीहरूको लागि यस्ता भेटघाट र अन्तर्क्रिया कार्यक्रमहरू निकै फलदायी हुने बताए। उनीहरूले आपसी भाइचारा, सहयोग तथा एकताको भावना बलियो बनाउन यस्ता गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।विभिन्न कार्यक्रममा संस्थालाई सहयोग पुर्याउने केशब दमासे र बिनोद खनाललाई प्रशंसा-पत्र, दक्षिण कोरियामा आएका नव आगन्तुक रबिन गिरि, अनिल पाण्डे र निविन पौडेललाई खादा वडाएर स्वागत र अर्घाखाँची जिल्लामा साहेक प्रशासकिय अधिकृत रहि काम गरेका हाल अध्ययनका लागि दक्षिण कोरिया आएका बिनोद खनाल लाई दोसल्ला वडाइ अभिन्नदन गरियो। सहभागीहरूबीच परिचय गर्दै संस्थाका लागि सल्लाहा सुझाब मागिएको थियो। संस्थाको हित गर्न के कस्ता उपाएहरु अपनाउन सकिन्छ भन्ने बिषयमा केन्दित रहेर अन्तरक्रिया गरिएको थियो। चियापान तथा अन्तर्किया कार्यक्रम कोरियामा अध्ययन, कार्यरत तथा विभिन्न पेशा व्यवसायमा संलग्न अर्घाखाँचीवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले एकआपसमा भेटघाट गर्दै कोरियामा रहेका नेपाली समुदायका विभिन्न पक्षहरूका बारेमा विचार साझा गरेका थिए।

कार्यक्रमा उपस्थितहरुबाट आएका संस्था प्रतिका दुविधा तथा गुनासाहरुलाई संस्थाका महासचिव आबिष्कार घिमिरेले प्रस्ट पार्दै संस्थाका भावी योजनाहरूको जानकारी दिएका थिए। उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गरी कोरियामा रहेका अर्घाखाँचीवासीहरूको आपसी सम्बन्ध सुदृढ गर्न थप प्रयास गरिने बताए। संस्थाका अध्यक्ष तथा चियापान तथा अन्तरक्रिया कार्यक्रमका सभाअध्यक्ष रुद्र पौडेलले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजित चियापान तथा अन्तर्क्रिया कार्यक्रम उपस्थित सबैलाई धन्यवाद् ब्यक्तगदै प्रदेशमा रहेका जिल्लाबासीहरुको एकताका लगि संस्थाले जोड दिएको बताए।संस्थाले सामाजिक सेवा भाव राखि विभिन्न कार्यहरु गर्दै आएको र जिल्लावासीहरुको हितका निमित निरन्तर जोड दिने कुरामा बिश्वास दिलाए।संस्थाको हितका निमिक्त सत्यनिस्ट, पार्दसिता र जवाफदेहिताका साथ संस्थाका विभिन्न गतिविधि तथा कार्यक्रमहरुमा कार्यसमितिका सम्पुर्ण पदाधिकारि तथा सदस्यहरुको सहभागिता रहेको र  काम गरिरहेको बताए। यी र यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर सञ्चालन गरि प्रवासमा जिल्ला वासिको एकता कायम गर्ने कुरा जानकारी दिदै औपचारिक कार्यक्रमको समापन गरे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top