| अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आफ्नो ७ औँ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण गरेको थियाे । जसमा अर्घाखाँचीबाट विभिन्न पेसा ब्यबसायमा दक्षिण कोरिया आएका २८३ जनाले सदस्यता लिएका छन । विशिष्ट सदस्य र साधारण सदस्य गरि २ प्रकारमा वितरण गरिएकोमा ४८ जनाले विशिष्ट र २३५ जनाले साधारण सदस्यता लिएका छन । यसमा सबैभन्दा धेरै भुमिकास्थान नगरपालिकाबाट १४४ जना र सबैभन्दा कम पाणिनि गाऊॅंपालिकाबाट १२ जना मात्र दक्षिण कोरियामा रहेका तथ्याङ्क ले देखाएको छ । गुगल फारम मार्फत आफ्नो विवरण दर्ता गराई उक्त सदस्यता लिन सकिने ब्यबस्था मिलाईएको थियो । साधारण सदस्यताको लागि १० हजार वन र विशिष्ट सदस्यताको लागि ३० हजार वन शुल्क तोकिएको थियाे । अधिबेशनको ३ दिन आगाडीसम्म सदस्यता लिन पाइने भएकोले सदस्यता वितरण फेब्रुअरी २९ तारिक राती १२ बजेसम्म वितरण गरिएको थियाे । सदस्यतामा भएको नाम थर ठेगाना लगायतका विवरणमा सच्चाउनको लागि मार्च २ तारिक दिऊॅंसो १२ बजे सम्म समय दिएर गलत भएका विवरण सच्चाईएको थियो । पालिकागत तथ्याङ्क यसप्रकार रहेको छ ।। भुमिकास्थान नगरपालिका साधारण सदस्य -१२८ विशिष्ट सदस्य -१६ मालारानी गाउपालिका साधारण सदस्य -४० विशिष्ट सदस्य -१६ पाणिनी गाउपालिका साधारण सदस्य -८ विशिष्ट सदस्य -४ छ्त्रदेव गाउपालिका साधारण सदस्य-११ विशिष्ट सदस्य -७ सितगॅंगा नगरपालिका साधारण सदस्य -३४ विशिष्ट सदस्य -४ सन्धिखर्क नगरपालिका साधारण सदस्य -१४ बिशिष्ट सदस्य -१ जना जम्मा साधारण सदस्य = २३५ जना जम्मा विशिष्ट सदस्य = ४८ जना |
अर्घाखाँची सम्पर्क मञ्चको ७औं अधिवेसन भोलि आईतबार १० बजे तोंदेमुनमा भएकाे थियाे ।




