
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः अर्घाखाँची जिल्ला ढाकावाङ्ग गाउँ बिकाश समितिको वडा नं.१ मा रहेको ठुलाखोला गाउँ सुन्दर पहाडी बस्ती हो। त्यहाँका बासिन्दाहरू सरल, मेहनती र प्राकृतिक जीवनशैलीमा रमाइरहेका थिए। मानब सभ्यताको बिकाश सँगै त्यहाँका युवा युवतीहरु शिक्षा, स्वस्थ र रोजगारीका लागि सहर वा प्रदेश जाने क्रम बढिरहेका थियो। त्यही गाउँमा जन्मिएकी शुसिला बाल्यकालदेखि नै साहसी, जुझारु र केही नयाँ गर्न चाहने युवती थिइन। तर गाउँका धेरै मानिसहरू पुराना परम्परा गत जिवनसैलिमा रमाइरहेका थिए। जसले गर्दा नयाँ सोच राख्ने शुसिलालाई धर्म, संस्कार र समाजको आहुति दिदै अरूले उपहास गर्ने गर्थे।
शुसिलाको परिवारमा बुवा, आमा र सानो भाइ थियो। शुसिला र शुसिलाको भाइ निजिकैको श्री विश्व माध्यमिक बिद्यालयमा अध्ययन गर्दथे भने बुवा आमा कृषि र पसुपालन गरि परिवार चलाइ रहेका थिए। एक दिन घास काटने क्रममा शुसिलाका बुबा कुटमेराको रुखबाट लडे र शारिरिक परिश्रम गर्न नसक्ने भए। घरको मुली मान्छे नै अस्वस्थ भएका कारण परिवारको आर्थिक अवस्था कमजोर हुँदै गयो। यस्तो अवस्थामा शुसिलाले परिवारको आर्थिक जिमेवारि उठाउने निर्णय गरीन।
गाउँमा पेसा तथा रोजगारीका अवसर कम भएकाले धेरै युवा युवतीहरू शहरतर्फ जान्थे। तर शुसिलालाई आफ्नो गाउँमै केही गर्ने धोको थियो। उनले खेत बारीको प्रयोग गरेर व्यावसायिक तरकारी खेती गर्ने योजना बनाइन। तर गाउँका बृद्धहरूले उनलाई यो सोच त्याग्न सुझाव दिए। “खेती त पुर्खाले गरेकै हो, तर ठूलै आम्दानी हुन सक्दैन,” खेतिपाति गर्नलाई छोरिमान्छेले कसरि सक्छौ ? घरको मर्दाना बिरामि परेपोछि अब कसरि गर्ने ? भाइ सानै छ। खेतबारिमा काम गर्न सक्ने आमा छोरि न हो। गाउँमा चलिरहेको धर्म संस्कार अनुसार महिलाले हलो जोत्नु पनि हुदैन्। त्यसो गरेमा अनिष्ठ हुने धेरैले भने।
तर शुसिला आत्मविश्वासमा अडिग थिइन। उनले आधुनिक कृषि प्रविधिबारे अध्ययन गर्न सकिने तरिका जान्नलाई बिद्यालय प्राविधिक शिक्षक नारायण खनाल सर सँग छलफल गरिन। शिक्षक नारायण खनालले सुझाए अनुसार इन्टरनेटको साहेताले विभिन्न कृषि सम्बन्धि जानकारी हासिल गरिन् स्व-अध्ययनबाट रहेका दुविधालाई जिल्ला कृषि कार्यालयका कृषि विज्ञहरूबाट जानकारी लिइन्। उनले उन्नत बीउहरू, जैविक मल र सिंचाइ प्रणाली प्रयोग गर्न थालिन। गाउँका मानिसहरू सुरुवातमा शुसिला सफल हुने कुरामा पत्तयाएका थिएन्न तर केही महिना पछि नै शुसिलाको मेहनतले रङ्लाउन थाल्यो। उनका खेत बारिहरु हरिया तरकारिले भरि भराउ भए। उत्पादन राम्रो हुन थाल्यो। उनका खेतबारिमा तयार भएका तरकारिहरु बाजारमा पठाउँनलाई शुसिलाले इन्टरनेट र हुलाक मार्फत पत्रचार गर्दै सदरमुकाममा रहेका थोक तरकारि बिक्रेता सँग सम्पर्क गरिन र आफ्नो उतपादनलाई बजारमा पठाई, राम्रै आमदानि गरिन।
शुसिलाको मेहनतले उनलाई राम्रो आम्दानी दिलायो। उनले गाउँका अन्य बेरोजगार युवा युवतीहरूलाई पनि संगठित गरेर कृषि व्यवसायमा लगानी गर्न प्रेरित गरिन। उनको सफलताले गाउँका मानिसहरू चकित परे। पहिले हाँस्नेहरू अब प्रशंसा गर्न थाले। शुसिलाले गाउँमा परमपरागत कृषि गरिरहेका गाउँलेहरुलाई एकिकृत गरि तालिम केन्द्र स्थापना गरिन। जहाँ उनले आधुनिक कृषि खेतीको प्रविधिहरू सिकाउने व्यवस्था गरिन। गाउँका धेरै युवा युवती तथा पौढ मानिसहरू जसले पहिले आधुनिक खेतीलाई असम्भव ठानेका थिए अब शुसिलासँग सिक्दै आधुनिक कृषिको सुरुवात गर्न थाले।
केही वर्षमै ढाकावाङ्ग गाउँ बिकाश समितिमा रहेको ठुलाखोला गाउँ तरकारी उत्पादनमा चर्चित हुन थाल्यो। शहरका व्यापारीहरू पनि त्यहाँ उत्पादन लिन आउन थाले। शुसिलाको अभियानले गाउँमा रोजगारी सिर्जना गर्यो जसका कारण धेरै युवा युवातीहरू बिदेश पलायन हुन छाडे। आज शुसिला मात्र एक सफल किसान होइन्न उनी एक प्रेरणादायी नेतृत्वकर्ता बनेकी छन्। उनको साहस, मेहनत र अटल इच्छाशक्तिले गाउँको आर्थिक र सामाजिक रूपान्तरण सम्भव बनायो। उनको यात्रा प्रमाण हो कि दृढ सङ्कल्प र सही सोच भए कुनै पनि सपना पूरा गर्न सकिन्छ।




