
नकाेटयाउ अतितको प्रसङ दुख लाग्छ!!
टुक्रिएको घाईते मुटु छ मसङ दुख लाग्छ!!
साँचो प्रेम किताबका पानाहरुमा मात्रै देखिन्छ,
प्रेम गर्नेहरु सुम्पिन्छन अचेल अङ्ग दुख लाग्छ!!
आँखा चिम्लेर विश्वास गर्न भनिरहन्छौ तिमी,
मान्छेहरु छेपारोले झै बदल्छन रङ्ग दुख लाग्छ!!
कसैको याद मुटुमा बिझेको काँडा रहेछ,
बेलाबेलामा पारिरहन्छ झसङ्ग दुख लाग्छ!!
दुनियाँ अरुको दुखमा खुब रमाउछ,,
फेरि प्रगती देखेर पर्छन दङ्ग दुख लाग्छ!!!
गजलसहयात्री शिवु राजा प्रदेशी
भुमिकास्थान ८ भगेरथुम ,अर्घाखाँची
हाल पोर्चुगल




