गजल

काँधमा छन् अनेकौँ जिम्मेवारी मैले जानैपर्छ।
हात हल्लाउँदै सात समुन्द्रपारी मैले जानैपर्छ।

यो समाजले पैसा नहुदा मान्छे चिन्दैन्,
बोकेर ऋणैऋणको भारी मैले जानैपर्छ।

देशमै केही गर्छु सोचेको थिएँ,
के गर्नु भएपछि बेरोजगारी मैले जानैपर्छ।

आखिरमा सम्बन्ध हैसियतको तराजुमा जोखिन्छ।
तिम्रो जिन्दगी देखि भएर आज्ञाकारी मैले जानैपर्छ।

सबैले मलाई सस्तो खेलौना सम्झन्छन्,
म हुँ एउटी अबला नारि मैले जानैपर्छ।

गजलसहयात्री शिवु राजा प्रदेशी
भुमिकास्थान ८ भगेरथुम ,अर्घाखाँची
हाल पोर्चुगल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top