गजलकार शिबु राज प्रदेशीको गजल

मलाई मर्ने छ रहर तिम्रै अगाडि !!!
बन्नुछैन आँखाको कसिङगर तिम्रै अगाडि !!!

हात छोडयौ,विश्वास तोडयौ के भनौं ,,,
अब देखिन्न जिन्दगीभर तिम्रै अगाडि !!!

ठुलो मान्छे बन्न घर छोडनैपर्छ बाबू,,,
सधैभरी हुदैनन् बाआमा अनि घर तिम्रै अगाडि !!!

तिमी फूल बनेर मन्दिरसम्म पुग्यौ,,
म पैतलामुनी छु पत्थर तिम्रै अगाडि !!!

पटकपटक तडपाउनुभन्दा एकैचोटि मारिदेउ प्रिया ,,
बरु राखिदिउला धारिलो खन्जर तिम्रै अगाडि !!!

जाने बेलामा मुस्कुराउदै जान्छु आमा अन्तिम पल्ट ,,
कसैले सुनाईदेला मेरो मृत्युको खबर तिम्रै अगाडि !!!

गजलसहयात्री शिवु राजा प्रदेशी
भुमिकास्थान ८ भगेरथुम ,अर्घाखाँची
हाल पोर्चुगल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top