
नेपालको इतिहासमा नाम सुन्दा र नाम उच्चारण गर्दा वेग्लौ किसीमको उर्जा ले शरिर तरङ्गित नाम हो जङ्गबहादुर राणा। जङ्गबहादुर राणा एक खस राजपुत र नेपालमा राणा शासन प्रणालीका संस्थापक हुन्।
उनका पिता श्री काजी बालनर सिंह कुवँर थिए। उनकी दुई वटी आमा थिए। जङ्गबहादुरकी आमा कान्छी थिइन्। जङ्गबहादुरकी आमा नैनसिंह थापा की छोरी हुन। नैनसिंह थापा भिमसेन थापाका भाई हुन्। यसरी जङ्गबहादुर राणा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाका परिवार सँग पनि जोडिएका थिए। उनका मामा माथवरसिंह थापा र उजिरसिंह थापा थिए। मामा माथवरसिंहले भान्जाको साहसी पन देखेर जंगे भनेर बोलाउथे उनको न्वरानको नाम भने विरनरसिंह कुवँर थियो।
जङ्गबहादुर राणाको घर गोर्खा जिल्लाको वोर्लाङमा थियो। बिं सं. १८७४ मा जङ्गबहादुरको बुवा सेनामा कार्यरत थिए। बुवा काजी बलन सिंह कुवँर राणा रणबहादुर शाहाका अंगरक्षक थिए। सेनामा कार्यरत हुदा पश्चिम जुम्लाका वडा हाकिम भएकाले उनकी आमा पनि बुवा संगै थिइन्। बिं.सं. १८७४ मा जङ्गबहादुरकी आमा सुत्केरी थिइन्। त्यसबेला बुवाले सुत्केरी हेरचाह गर्न नमिल्ने वातावरण भएकाले आमाको प्रसुति गर्न भनी बुवाले सुसारे र सैनिक सहित गोर्खा जाने बाटो लगाईदिए यातायातको सुबिधा नभएकोले हिडेर जानु पर्ने थियो। पश्चिमका यात्रीहरु पुर्व जाने मुलबाटो अर्घाखाँची हुदै जान्थे। बच्चा जन्मिने अवधी औसत ९ महिनाको हुने भएकाले जङ्गबहादुरका बुवाले समय मिलाएर ९महिना पुग्नु अगाबै घर गुग्ने प्रवन्ध मिलाएका थिए। तर जङ्गबहादुर ७ महिनामा जन्मिएका हुनाले उनी यात्राकै शिलशिलामा यस धर्तिमा पाइला टेके जङ्गबहादुरको धर्तिको पहिलो पाइला नै अर्घाखाँची जिल्लाको मथुरावेशीमा भयो। किनकी सुत्केरी शरिर लिएर गोर्खाको गन्तब्य मा हिडेकी जङ्गबहादुरकी आमा सुत्केरी वेथा लागेर अर्घाखाँची जिल्लाको मथुरावेशीमा रहेको एउटा पिपलको रुख मुनी जङ्गबहादुरलाई बिं.सं.१८७४ असार ७ गते जन्म दिइन्। असारको महिना बेशिको स्थान भएकोले गर्मि थियो जन्मेको समय दिउसोमा भएको हुदा घाम लागेका थिए। जङ्गबहादुरलाई नागले आफ्नो फन फिजाएर ओझेल पारेको भन्ने कुरा स्थानिय स्तरमा सुन्न पाइन्छ।

पुर्व जान हिडेका बाटोमै प्रसुति भएकाले नजिकै कुनै घर गाउँ थिएन्न नजिकको बस्ती भनेको बलकोट र वाङ्ला थियो। जङ्गबहादुरकी सुत्केरी आमा र नवजात शिसुलाई शुसारेहरुले लिएर बलकोट गए जङ्गबहादुरको न्वरान त्यही बलकोट मै भयो।
न्वरान पोछि जङ्गबहादुर आफ्नो घर गोर्खा जिल्लाको बोर्लिङ आमा संगै गए। जव जङ्गबहादुर हुर्किय तव बिं.सं. १८८५ मा बैसाख ११ गते ११बर्षको उमेरमै बस्नेत परिवारका प्रसाद सिंह बस्नेत कि छोरी प्रसाद लक्ष्मी सिंह बस्नेत संग बिवाह भयो। जङ्गबहादुर १६ बर्षको उमेरमा सेनामा भर्ति भए। बावु राजाको अङ्गरक्षक भएकोले उनलाई राजपरिवारको निति नियम र भोग बिलास को जानकारी पनि राम्रौ थियो।
पोछि जङ्गबहादुरले नेपालको इतिहासमा कोटपर्व जस्तो घटना घटाए पछि उनि सत्तामा गए र प्रधानमन्त्री भई राणा शासनको जग बसाले। जङ्गबहादुर प्रधानमन्त्री भएपछि आफ्नो जेठान आर्मिका जर्नेल कनक सिंह टण्डनलाई आफु जन्मेको ठाउँमा खटाए र सहि स्थानमा एउटा पाटी बनाउन लगाए। पाटी बनाउन आवश्यक धन जन सहित भक्तपूर जिल्ला बाट इट्टा, झयाल र काठका अनेक सामाग्रीको प्रवन्ध मिलाई पठाए।

हालको काठमान्डौंको १६ खुट्टेमा १६ खुट्टे पाटी थियो भन्ने इतिहास रहे जसरी त्यसवेला जङ्गबहादुरले आफु जन्मेको ठाउँ अर्घाखाँची जिल्लाको मथुरावेशीमा २० खुट्टे नेपालको सबै भन्दा लामो पाटी बनाउन लगाएका थिए। त्यसैले जङ्गबहादुर जन्मेको स्थानमा भएको त्यो पाटीलाई लामापाटी भनेर आजभोली चिनिन्छ।
पहिला पश्चिममा रुकुम, रोल्पा,प्यूठान तिर उठेको कर, जरिवानाका पैसा, चाँदीका सिक्का, तामाका सिक्का लाई छालाको थैलीमा भरेर लाहा छाप लगाएर यही अर्घाखाँची जिल्लाको मथुरावेशीको बाटो हुदै पाल्पाको तानसेनमा लैजाने गरिन्थियो। सोही बाटो हुदै पश्चिमका कैदीलाई गर्मिको समयमा पहाडी जिल्ला पाल्पा सिफ्ट गर्दा यही बाटो हुदै ल्याउने लाने गरिन्थियो। राणाकालीन इतिहास बोकेको यस अर्घाखाँची जिल्लाका थुप्रै स्थान भ्रमण गर्न लायक मानिन्छन
रुद्र पौडेल
लेखक अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष हुन् ।



