हेपिएका हातहरुले बनाइरहेछन् भविष्य

ईँटाको गाह्रो, सिमेन्टको पर्खाल, फलामको कठोर संरचना, गगनचुम्बी भवन हामीले देख्ने दृश्य हुन। त्यो दृश्यको नेपथ्यमा रहेर बिना नाम, बिना चर्चा पसिनाको सिचाइ गर्दै पुरै जीबन समर्पण गरिदिनेहरु जो श्रमिक मानव सभ्यताको विकास र परिवर्तनका आधार हुन्।

ईँटाबाट महल बनाउने, बाटो, पुल, उद्योग, भवन जस्ता संरचनाहरू निर्माण गर्ने काम श्रमिकले निरनतर गरिरहेकै छन्। विज्ञान, प्रविधि, कृषि, यातायात, निर्माण, स्वास्थ्य, सेवा लगायत हरेक क्षेत्रमा श्रमिकको योगदान अतुलनीय रहदै आएको छ। उनीहरूको श्रमले समाजमा भौतिक र आर्थिक विकास सम्भव भएको छ। श्रमिककै कारण आजको मानव जीवन सहज, सुरक्षित र सुविधाजनक बन्दै गएको छ। त्यसैले मानव सभ्यताको परिवर्तन र उन्नतिमा श्रमिकको भूमिका अतुलनिय रहदै आएको छ।

अझै पनि कतिपय क्षेत्रमा श्रमिकहरु न्यून पारिश्रमिक, जोखिम पुर्ण काम र सामाजिक रुपमा अपहेलीत बनेका छन्। धेरै श्रमिकहरू दैनिक ज्यालादारी, करार वा अस्थायी काममा छन् जसले श्रमिकको आर्थिक आधारलाई स्थायित्व दिन सकिरहेको छैन्। नेपाली श्रमिकहरूको विश्व श्रम बजारमा माग धेरै भए पनि धेरै जसो श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्। त्यसैले श्रमिकहरुको अवस्था अझ सुधार गर्न श्रमिकमैत्री नीति, सुरक्षा र श्रमिकहरुको सम्मान गर्ने संस्कार आजको अत्यावश्यक बनेको छ।

श्रमिकको सम्मान केवल एक दिन बिदा दिई मनाइने “श्रम दिवस” र सहानुभूति देखाउदैमा मात्र हुँदैन। श्रमिकलाई सुरक्षित कार्यस्थल, नियमित पारिश्रमिक, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र निर्णय प्रक्रियामा सहभागिता दिनु आजको आवश्यक हो। श्रमिकले पसिना बगाएर भौतिक निर्माण गरेका उनीहरूलाई कहिल्यै नीति निर्माणको केन्द्रमा राखिएको छैन। श्रम दिवश बर्षको एक दिन सार्वजनिक बिदा मात्रै बन्दै गएको छ। श्रमिकको स्थाई सुधार गर्न श्रमिकको जीबन स्तर उकासन, श्रमिकको सम्मान गर्न, श्रमनीतिमा व्यवहारिक सुधार र सामाजिक परिवर्तन अनिवार्य हुन्छ।

नेपाली श्रमिकहरूको अवस्था अझै पनि चुनौतीपूर्ण छ। देशभित्र रोजगारिका कम अबसरले गर्दा  श्रमिकहरू प्रायः असंगठित क्षेत्रहरूमा काम गर्छन्, जहाँ पारिश्रमिक कम छ। सुरक्षाको ग्यारेन्टी हुँदैन र सामाजिक सुरक्षाको पहुँच पनि सीमित हुन पुगेको छ। नियमित तलब, छुट्टी र स्वास्थ्य सुविधा सुनिश्चित छैनन्।

विदेशमा रहेका नेपाली श्रमिकहरू भने मुख्यतया खाडी मुलुक, मलेसिया र दक्षिण कोरियामा निर्माण, उद्योग, कृषि तथा सेवा क्षेत्रमा कार्यरत छन्। उनीहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान दिए पनि धेरैजसो श्रमिकको समान व्यवहार, न्यून पारिश्रमिक, कामको अधिक तनाब र जोखिमपूर्ण अवस्थाको सामना गरिरहेका छन्।

नेपाल सरकारले श्रमिक हकको सुनिश्चितताका लागि नीति त बनाएको छ। तर कार्यान्वयनमा कमजोरी देखिन्छ। त्यसैले नेपाली श्रमिकको अवस्था सुधार गर्न नीति, सुरक्षा र सम्मानलाई व्यवहारमा उतार्न आवश्यक छ।

श्रमिकले आफ्नो हक अधिकार सुरक्षित गर्नका लागि सचेत बन्दै संगठित र सक्रिय हुन आवश्यक छ। श्रमिकले आफ्ना कानुनी अधिकारबारे जानकारी राख्नुपर्छ, न्यूनतम पारिश्रमिक, कार्य समय, बिमा सुविधा आदिका लागि श्रमिकहरू व्यक्तिगत रूपमा होइन, संगठित भएर आवाज उठाउनु पर्छ मजदुर संघ, श्रमिक संगठन आदिबाट श्रमिहरु एक भई हक अधिकार उठाउनु पर्दछ। जबरजस्ती वा अन्याय भएको खण्डमा सम्बन्धित निकाय वा न्यायिक माध्यमबाट उजुरी दिनु पनि आवश्यक हुन्छ।
श्रमिकले आफूलाई शिक्षित, दक्ष र अनुशासित बनाएर आफ्नो श्रमको मूल्य बढाउन सक्छन्। साथै, एकअर्कामा ऐक्यबद्धता राख्दै, श्रमिक वर्गको सामूहिक हितका लागि मिलेर अगाडि बढ्नुपर्छ।

जस्तो कि, डाक्टर वा इन्जिनियरलाई उच्च सम्मान दिइन्छ। तर सडक बनाउने मजदुरलाई हेपिन्छ जबकि दुवैले समाजका लागि महत्वपूर्ण योगदान दिन्छन्। त्यसैले श्रमिकको मूल्य शब्द व्यवहार र नीति तीनै तहमा दिनुपर्छ ताकि श्रमिकले आत्मगौरवका साथ जीवन जिउँन सकून्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top