
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः पहिलो स्याङ्जा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने आयोजक संस्था स्याङ्जा परिवारलाई खेल प्रतियोगिता कार्यक्रम सफल, सभ्य र भव्य बनाउँन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया हार्दिक शुभकामना व्यक्त गर्दछौं।
स्याङ्जा परिवार दक्षिण कोरियाले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले पहिलो स्याङ्जा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता यहि २९ डिसेम्बर २०२४, बिहान ८:०० बजे देखि 경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미मा आयोजना गरेको छ। खेलमा सहभागि हुन खेलाडिले दर्ता सुल्क ८०,००० वन लाग्ने छ। खेल प्रतियोगितामा प्रथम पुरस्कार ४,००,००० वन, द्वितीय पुरस्कार २,५०,००० वन र तृतीय पुरस्कार: १,५०,००० वन रहेको छ। यस प्रतियोगिताले ब्याडमिन्टन खेल खेल्ने खेलाडिहरुलाई थप प्रोत्साहन दिने र खेलकुदको स्तरलाई नयाँ उचाईहरू पुर्याउने आशा राखिएको छ। यसबाट न केवल ब्याडमिन्टन खेलको स्तरमा वृद्धि हुनेछ सहभागी खेलाडिहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत राम्रो हुने विश्वास स्याङ्जा परिवारले लियको छ।




