
अर्घाखाँची सम्पर्क मञ्चः नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको नव नियुक्त छैठौं कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फ देखि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
कल, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान गर्दै आएको यस प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको भावनालाई समेट्दै सिर्जनात्मक यात्रामा ऐतिहासिक उपलब्धि हासिल गर्दै आएको छ।
यस छैठौं कार्यसमितिको नेतृत्वमा पनि साहित्यिक गतिविधिहरूलाई अझ सशक्त बनाउदै साहित्यको माध्यमबाट नेपाली भाषा-संस्कृतिको संरक्षण गर्ने र प्रवासी नेपालीहरूबीच एकता तथा सृजनशीलता अभिवृद्धि गर्ने कार्यहरू सम्पन्न हुनेछन् भन्ने विश्वास लिएका छौं।
समुदाय र साहित्यिक क्षेत्रका लागि गर्ने तपाईहरूको हर प्रयास सराहनीय हुनेछ। नवीन योजनाहरू रचनात्मक र सृजनात्मक कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यलाई दक्षिण कोरियामा मात्र नभई विश्वभर फैलाउन तपाईहरूको भूमिकाले मार्गदर्शन गर्नेछ। भन्ने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएको छ।
तपाईहरूको नेतृत्वमा प्रतिष्ठानले आगामी दिनहरूमा थप उपलब्धि हासिल गर्न सकून् र सफलताका नयाँ उचाइहरू चुम्न सफल होस् भन्ने कामना गर्दछौं।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया





