
अर्घाखाँची सम्पर्क मञ्चः “सङ्गठित समूह नै प्रदेशको सहारा हो” भन्ने मूल नाराका साथ स्थापना भएको कास्की परिवार दक्षिण कोरियाले नेपाली समुदायको सेवा र एकतामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ। संस्थाले आफ्नो स्थापना कालदेखि नेपाल र कोरियामा विभिन्न सामाजिक, सांस्कृतिक र आपतकालीन सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसै सिलसिलामा आपतकालीन राहत कोषको अभिवृद्धि गर्ने महान् उद्देश्यसहित दक्षिण कोरियाली नयाँ वर्ष सलनालको अवसरमा आयोजना हुन लागेको “माछापुच्छ्रे सांगीतिक सौगात भाग-४” कार्यक्रमप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नेपाली सम्पर्क समिति (NCC)को सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा कास्की परिवारद्वारा आयोजित यस कार्यक्रमले नेपाली कला, संस्कृति र आपसी भाईचारा प्रवर्द्धन गर्दै नेपाली समुदायलाई एकताबद्ध गराउने विश्वास हाम्रो संस्था अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएका छौँ।
कार्यक्रम आयोजक समितिका प्रमुख खोम प्रसाद गुरुङ, आर्थिक संयोजक आरती ह्योल्मो, प्रचारप्रसार संयोजक टेकनाथ भण्डारी र आयोजक समितिका सम्पूर्ण सदस्यहरूलाई सफलताका लागि हार्दिक शुभकामना ! ब्यक्त गर्दछौँ।
माछापुच्छे सांगीतिक सौगात भाग४ यस कार्यक्रमले दक्षीण कोरियामा नेपाली संस्कृतिको झल्को दिनुका साथै प्रवाशमा रहेका सबै नेपालीलाई साङ्गीतिक मनोरञ्जन प्रदान गर्दै कोरियाली भूमिमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउनेछ भन्ने विश्वासका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया




