नेपाली कथानाक चलचित्र “ह्रस्व दीर्घ” दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शनहुँदै

अर्घाखाँची सम्पर्क मञ्चः नेपाली चलचित्र र भारतीय चलचित्र उद्योगका अनुभवी कलाकारहरूको विशेष संयुक्त रहेको नेपाली कथानाक चलचित्र ह्रस्व दीर्घ यही १ डिसेम्बर २०२४ आइतबारका दिन दक्षिण कोरियाको सुवनस्थित स्थानिय समय दिनको ठिक १ बजे (수원시 팔달구 행궁로 71, 2층 메가박스)  मेगाबक्समा प्रदर्शन हुदै छ। चलचित्र दक्षिण कोरियामा रहेको जेबी बैंकमा कार्यरत तथा नमस्ते क्याफे प्रबन्धक नेपाली चेली कमला साउदले आयोजना गर्नु भयको हो।

यस अघि पनि दक्षिण कोरियामा विभिन्न नेपाली कथानाक चलचित्रहरूको सफल प्रदर्शन गरि राम्रो अनुभव राख्नुभएकी कमला साउदले यस पटक दुई देशका कलाकारहरूको सहकार्यमा बनेको चलचित्र प्रदर्शन गर्न लाग्नुभएको हो। यो चलचित्रले दक्षिण कोरियामा रहेका नेपाली चलचित्रप्रेमीहरूलाई नयाँ अनुभव दिने विश्वास कमलाले गर्नुभएको छ।

दर्शकहरूले अब नेपालमा मात्रै नभयर बिदेशमा पनि नेपाली चलचित्र हेर्दै मनोरञ्जन लिन सक्ने भएका छन्। दक्षिण कोरियाको राजधानि नजिक रहेको सुवन सहरको सुविधा सम्पन्न मेगाबक्स हलमा नेपाली चलचित्र हेर्न सकिने भएको छ। यो चलचित्र हेर्नका लागि ३०,००० कोरियन वन प्रवेश शुल्क तिर्नुपर्नेछ। कमला साउदका अनुसार चलचित्र प्रदर्शनले दक्षिण कोरियामा रहेको नेपाली समुदायमा मनोरञ्जनका साथै देशको सांस्कृतिक प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गर्नुभएको छ।

“ह्रस्व दीर्घ” दक्षिण कोरियामा प्रदर्शन हुनुले नेपाली चलचित्र उद्योगको बढ्दो अन्तर्राष्ट्रिय पहुँचको एउटा प्रमाण हो। यस्तो पहलले नेपाली कला र संस्कृति प्रवासी नेपालीहरूको माझमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि फैलाउन सहयोग पुग्ने छ। चलचित्र हेर्नको लागि दक्षिण कोरियामा रहेका चलचित्र प्रेमि दर्शकहरुलाई समयमै टिकट सुरक्षित गर्न आयोजक कमलाले आग्रह गर्नुभएको छ।

नेपाली कथानाक चलचित्र “ह्रस्व दीर्घ” प्रदर्शनको लागि 전복은행 मा कार्यरत तथा नमस्ते क्याफे प्रबन्धक कमला साउदलाई हार्दिक शुभकामना ! यस चलचित्रले दर्शकको मन जित्दै नेपाली सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्‍याओस् भन्ने अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया कामना गर्दछौं।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top