
अर्घाखाँची सम्पर्क मञ्चः “प्रवासी भुमिमा बाग्लुङेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपत्कालिन अबस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुल मन्त्रका साथ २००१ मा स्थापना भएको “बाग्लुङ समाज दक्षिण कोरिया” बाग्लुङे बासि र नेपालीहरूको हितका लागि सधैं अग्रसर रहने बागलुङ समाज दक्षिण कोरियालाई हार्दिक बधाई तथा शुभकामना ! यस संस्थाले विगतका दिनहरूमा समाजिक क्षेत्रका आपत्कालिन अवस्थामा गरेको योगदान र लगाव प्रेरणादायक छ। प्रवाशमा आपसी भाइचाराको विकासमा संस्थाले खेलेको भूमिका उच्च प्रशंसनीय रहेको छ। संस्थाले समाज सेवा र समृद्धिका लागि पुर्याउँदै आएको योगदानले बाग्लुङे बासिमा एकता सँगै सकारात्मकता ल्याएको छ। यो कार्यलाई निरन्तरता दिनु तपाईहरूको प्रतिबद्धताको प्रतिबिम्ब हो। भविष्यमा अझै सफलताका नयाँ आयाम स्थापित गर्न र सामुदायिक सेवामा सधैं अगाडि बढ्नका लागि हाम्रो संस्थाको तर्फबाट शुभकामना व्यक्त गर्दछौं।
बाग्लुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन तपसिलको मिति ,समय र स्थानमा हुन गईरहेको हुँदा सम्पुर्ण बाग्लुङे दाजुभाई दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरि विभिन्न सामाजिक सञ्जामा सुचना राखेको छ। साथै दक्षिण कोरियामा रहेका विभिन्न प्रादेशिक, जिल्लागत र भौगोलिक सामाजिक संघ-संस्था तथा राजनितिक, धार्मिक तथा जातिय संघ-सङ्गठन तथा पत्रकार सम्पुर्णमा बागलुङ समाज दक्षिण कोरियाले उपस्थितिका लागि अनुरोध गर्दै पत्राचार गरेको छ।
तपसिल
मिति : २०२४/१२/०८ आईतबार
समय : बिहान ११ बजे
स्थान : कामना हल ,सुवन ( 경기 수원시 팔달구 매산로 6-2 )





