
मान्छे किन यति धेरै अनजान जस्तो बन्छ,
बिर्सिएर कर्तव्य चाहियो अधिकार भन्छ !
एक दोषको कुरालाई हजार बार सुनाउला,
गर्यौ तिमिले गुन कति भोलि नै उ बिर्सन्छ ।
साँची राख्ने बानीले रहन सक्छन् अधुरा,
गर आजै पूरा गर समयले कहिले पर्खन्छ ?
लड्दै उठ्दै हिड्नु छ, जिन्दगी एक यात्रा हो,
हार नमानी बढेमा एकदिन शिखर उक्लन्छ ।
दिपक राज बञ्जाडे
– – – – – – – – – – – – – – – – – — – – – – – –




