११औं अधिवेशनबाट नियुक्त कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः बागलुङ समाज दक्षिण कोरियाको ११औं अधिवेशनबाट चयन हुनुभएका नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया व्यक्त गर्दछौं।

दक्षिण कोरियामा रहेका बागलुङबासी तथा सम्पूर्ण नेपाली समुदायको हितका लागि कार्य गर्दै आएको यस समाजले विगतमा देखाएको सक्रियता र योगदान निकै प्रशंसनीय छ। यस संस्थाले आपसी एकता, सहयोग र समाज सेवामा उल्लेखनीय काम गर्दै आएको छ। नवनियुक्त कार्यसमितिले यो संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउँदै समाजको उद्देश्यलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छौं।

दक्षिण कोरियामा नेपाली समुदायलाई एकत्रित गर्दै चुनौतीहरूको सामना गर्न, सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्न, र समृद्ध समाज निर्माणका लागि तपाईहरूको नेतृत्व फलदायी हुनेछ। तपाईहरूको जोश, जाँगर र इमान्दारिताले समाजलाई थप मजबुत बनाउनेछ।

तपाईहरूको कार्यकाल सफल, प्रेरणादायक र उदाहरणीय होस् भन्ने शुभकामना छ।बागलुङ समाजका कार्यक्रमहरुमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको पूर्ण साथ रहने विश्वास दिलाउँछौ।

११औ अधिवेशनबाट निर्वाचित कार्यसमितिहरु

अध्यक्ष -राजु नेपाली

बरिष्ठ उपाध्यक्ष – केशब आचार्य

उपाध्यक्ष- १)सुमन रोका मगर

२) निशान चन्द ठकुरी

३) अमृत पाठक

महासचिव- शोभाखर शर्मा

सचिव

१) नरेश कुमार बि.क.

२) गिर बहादुर भण्डारी

कोषाध्यक्ष- नारायण शर्मा

सह-कोषाध्यक्ष दल बहादुर थापा

सदस्य- १) किसान नेपाली

२) भरत खत्री

३) कासु पुन

४) पुरन चन्द ठकुरी

५) श्याम थापा

६) सजिना थापा

७) खिमा पुन

८) सुधिर बि सि

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top