
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८औँ साधारण सभा एवं अधिवेशन तथा बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनको तयारिमा जुटनु भएका दुबै संस्थाका सबै सदस्यहरुमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट अधिवेशनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
प्रवाशमा रहेको नेपाली समाजलाई एकताबद्ध गर्ने उद्देश्यका साथ स्थापना भएका “सुदूरपश्चिम समाज समाज दक्षिण” र “बागमती प्रदेश एकता समाज दक्षिण कोरिया” संस्थाहरूले प्रवासी भूमिमा नेपाली एकता, सांस्कृतिक जगेर्ना र सहकार्यको उदाहरण प्रस्तुत गर्दै आएका छन्। सुदूरपश्चिम समाज र बागमती प्रदेश एकता समाजले विगतका वर्षहरूमा देखाउनुभएको सक्रियता, लगनशीलता र समर्पणले सम्पूर्ण नेपाली समुदायको गौरव बढाएको छ। हामी यी उपलब्धिहरूलाई हृदयदेखि सम्मान गर्दछौं।
प्रवासी जीवनमा थुप्रै चुनौतीहरू सामना गर्नुपर्छ। यी चुनौतीहरूको समाधानका लागि संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्छन्। प्रवासमा रहेका नेपालीहरूलाई आपसमा जोड्दै, एकता, भाइचारा र सामूहिक प्रयासको माध्यमबाट हामीले साझा उद्देश्यहरूलाई हासिल गर्न सक्ने उदाहरण प्रस्तुत गर्नुभएकामा तपाईंहरूको संस्था प्रशंसनीय छ।
हुदै गरेको अधिवेशनले समाजका हरेक सदस्यलाई नयाँ उत्साह प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ। नयाँ नेतृत्वको चयन र नयाँ योजनाको सुरुवातमार्फत संस्था थप सुदृढ र प्रभावकारी हुने आशा गरेका छौँ। यस अधिवेशनले संस्थाको मात्र नभई व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा पनि सकारात्मक प्रभाव पार्नेछ। भन्ने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएको छ।
हामी सबैको साझा दायित्व भनेको प्रवासमा रहेर पनि आफ्नो पहिचान, संस्कृति र मूल्यमान्यताहरूलाई जोगाउँदै नयाँ पुस्तालाई यसको महत्त्व सम्झाउने हो। सुदूरपश्चिम समाज र बागमती प्रदेश एकता समाजले यस दिशामा गरिरहेका प्रयासहरूको हामी उच्च मूल्यांकन गर्दछौं।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हामी यस अधिवेशनको सफलताका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौं। यो अधिवेशनले सुदूरपश्चिम समाज र बागमती प्रदेश एकता समाजका सबै सदस्यहरूलाई अझ नजिक ल्याओस्, प्रवासी जीवनलाई अझ सहज र समृद्ध बनाउने मार्ग पहिल्याओस् र आगामी दिनमा सम्पूर्ण नेपालीहरूको लागि प्रेरणादायी बन्न सकियोस् भन्ने कामना गर्दछौं। अधिवेशनले नयाँ सोच, दृष्टिकोण र कार्ययोजनाका साथ संस्थालाई अझ उचाइमा पुर्याओस् भन्ने हाम्रो कामना छ। हाम्रो संस्था सदैव तपाईंहरूको साथमा रहेको छ र आगामी दिनमा समेत सहकार्य र सहयोगका लागि तत्पर रहनेछ।
“एकता, सहकार्य र प्रगति “ भन्ने भावनालाई आत्मसात् गर्दै, अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फ देखि सुदूरपश्चिम समाज र बागमती प्रदेश एकता समाज दुबै संस्थाको उज्ज्वल भविष्यका लागि शुभकामना ब्यक्त गर्दछ।





