सुखद, सुरक्षित र मंगलमय यात्राको हार्दिक शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालय 연세대학교 (Yonsei University) बाट कोरियन सरकारको Korea International Cooperation Agency (KOICA) स्कोलरसिपमार्फत आफ्नो अध्ययन सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका धर्म राज पन्थीलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया ले एक कार्यक्रमका बिच सम्मान-पत्र सहित दोसल्ला ओढाउदै बिदाई गरेको छ।

दक्षिण कोरियामा रहँदा तपाईंले आफ्नो अध्ययन र पेशागत विकासमा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। विशेषगरी, अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया का लागि सल्लाहकारको रूपमा रहँदा तपाईंले दिनुभएको सुझाव, मार्गदर्शन र सहकार्यको योगदान अविस्मरणीय छ। संस्थालाई मजबुत बनाउन र यसका गतिविधिहरूलाई प्रभावकारी बनाउन तपाईंको भूमिकाले हामीलाई थप प्रेरणा प्रदान गरेको छ।

तपाईंको अध्ययन, ज्ञान र अनुभवले नेपालमा आर्थिक, सामाजिक र शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास हामी सबैले लिएका छौं। दक्षिण कोरियामा रहँदा हासिल गर्नुभएको सीप, प्रविधि र व्यवस्थापनका ज्ञानहरू स्वदेशमा लागू गर्दै तपाईंले नेपालको विकास र प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्नेमा हाम्रो संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया पूर्ण विश्वस्त छ।

तपाईंको यो ऐतिहासिक यात्रा र योगदानप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं। स्वदेश फर्किएपछि पनि तपाईंले नेपालको प्रशासनिक प्रणाली, सेवा सुधार र जनताको जीवनस्तर उकास्न उल्लेखनीय कार्य गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ। अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको तर्फबाट हामी तपाईंको सुखद, सुरक्षित र सफल यात्राको मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईंको आगामी जीवन अझ उज्ज्वल र सफल होस् भन्ने कामना गर्दछौं।तपाईंले पाएको शिक्षालाई राष्ट्र निर्माणमा लगानी गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top