सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम-२०२५ का लागि शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान शाखाले आगामी २०२५ जनवरी २९ का दिन आयोजना हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनमा सक्रिय नेपाल तामाङ् घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान साखालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस विशेष कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक विविधताको झल्को र तामाङ समुदायको मौलिक परम्परा झल्किने आकर्षक तामाङ डम्फुको बेजोड प्रस्तुतीले कार्यक्रमलाई अविस्मरणीय बनाउनेछ भन्ने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएको छ।

सोनाम ल्होछार तामाङ समुदायको ऐतिहासिक र सांस्कृतिक पर्व मात्र नभई सबै नेपालीका लागि एकताको प्रतीक हो। यस पर्वमा आयोजित सास्कृतिक कार्यक्रमले प्रवासी भूमिमा नेपाली संस्कृतिको संरक्षण र प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रमको सफल आयोजनाका लागि आयोजक टिमलाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट शुभकामना। साथै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिले यस बृहत सास्कृतिक कार्यक्रम-२०२५ अझ विशेष बनाउनेछ भन्ने हाम्रो संस्थाले विश्वास लिएको छ। सोनाम ल्होछारको यस उत्सवले हामी सबै नेपालीलाई आपसी भाइचारा, एकता र नेपाली पहिचानको बलियो सूत्रमा बाँध्ने प्रेरणा प्रदान गरोस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top