
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी -१ मा अवस्थित तपोभूमिले हाम्रो सभ्यतालाई अमुल्य उपहार दिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमिले हाम्रो सभ्यतालाई अमुल्य उपहार दिएको छ। विश्वकै सबैभन्दा पुरानो भाषा संस्कृतको व्याकरण यसै स्थानबाट उत्पत्ति भएको मानिन्छ । पाणिनि तपोभूमि विश्व भाषा सम्पदाको प्रमुख स्थल हो।हजारौं बर्ष पहिले पाकिस्तानको लाहोरबाट अर्घाखाँचीआएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए भन्ने भनाइ रहिआएको छ ।
यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिवजी खुशी भई अइउण्, ऋलृक् आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता रहेको छ । पाकिस्तानमा जन्मिएका पाणिनीले विश्वकै सर्वोत्कृष्ट व्याकरण ञ अष्टाध्यायीझ लेखे । पाणिनीद्वारा रचित संस्कृत व्याकरणलाई व्याकरणको इतिहासमा सबैभन्दा पुरानो कृतिका रुपमा लिइन्छ । संस्कृत भाषाका पिता समेत भन्ने गरिएको पाणिनीको सम्मानमा नेपाल सरकारले हुलाक टिकट समेत जारी गरेको छ । पाणिनिको जन्म र समय पाणिनिको जन्म कहिले भएको हो स्पष्ट भएको छैन तर अस्ट्ध्यापिको सुत्रमा र ठाउँ ठाउँमा बौद्ध सन्दर्भहरुको उल्लेख गरिएकोले उनी गौतम बुद्ध भन्दा पछिमा भएक प्रष्ट हुन्छ डा. बासुदेब शरण अग्रवालले उक्त समय इ. पु. ४८०-४१० मानेका छन । इ.पु.३०० तिर पतन्जलीले पाणेनिको शुत्रको भाब्य रचना गरे त्यस पछि पाणिनि, बरुचि, पतन्जली ब्याकरण शास्त्रको प्रसिद्ध तीन मुनिको रुपमा चर्चित भए ।

पाणिनि तपोभुमीको बर्तमान अवस्था समशितोशण हाबापानी भएको करिब २१०० मिटर उचाईमा पाणेनि सामुदायिक बन क्षेत्रमा अबस्थित यो ठाउँ अत्यन्तै प्राकृतिक रुपले सुन्दर छ १५ वटा मुख्य हिमाल का दृश्य देख्न सकिने उक्त ठाउँ बाट तराई र भारतको गोरखपुरसम्म सहजै देख्न सकिन्छ । तपोभूमिको माथि डाँडाबाट उत्तरतर्फ फर्कदा मनै लोभ्याउने खालका हिमालयका हिमश्रृङ्खला, दक्षिणतर्फ तराईका सम्म परेका फाँट अनि त्यस वरपरका जङ्गलमा कालिज, चित्तल लगायतका वन्यजन्तु एवं दुर्लभ मानिएका पंक्षीहरु देख्न सकिन्छ । पाणिनी तपोभूमिको डाँडोमा रहेको भ्युटावरमा गएर हेर्दा प्राकृतिक रुपले हराबरा रहेको वनजङ्गल, डाँडाकाँडा ,कोइलीको सुमधुर स्वरले जो(कसैको मनलाई आह्लादित तुल्याउछ।
धार्मिक तथा भाषिक दृष्टिले ऐतिहासिक महत्त्व बोकेको पाणिनि तपोभूमिमा विभिन्न अर्थ राख्ने मन्दिरहरु समेत रहेका छन् : सिद्धेश्वर महादेव मन्दिर यो मन्दिर नयाँ नै हो,मुर्ति पनि त्यति पुरानो हैन कपिललाई २९औ शिव मानिने हुदा उनैको नाम बाट मन्दिर बनाइएको पाइन्छ। कृष्ण मन्दिर यो मन्दिर पनि नयाँ र मुर्ति पनि नयाँ नै स्थापना गरेको देखिन्छ। पाणिनि मन्दिर पाणेनीको सम्झना स्वरुप यो मन्दिर स्थापना गरेको देखिन्छ। अन्नपूर्ण भगवती मन्दिर शक्तिदेबिको रुपमा बनाइएको यो मन्दिरमा शक्तिका मुर्तिहरु स्थापना गरिएको छ। हनुमान मन्दिर रामको सेवक हनुमान मन्दिर पनि छ। पुराण मण्डल यस स्थलमा बर्षमा एक पटक पुराण बाचन गरिन्छ। हाल सम्म २०१८साल देखि प्रत्येक बर्ष पुराण लगाउदै आइरहेको छ भने, श्रावण महिना भरी भक्तजनहरु यहाँ नुहाउन आउने गर्दछ्न।

पाणिनी धर्मशाला आउने जाने भक्तजनहरुको निम्ति एउटा धर्मशाला बनाइएको छ। आश्रम प्रवेशद्वार यो द्वार निकै आकर्षक छ र बाहिर पट्टी पाणिनिको आकर्षक मुर्ति राखिएको छ। हाल सो क्षेत्रमा एउटा पोखरी र शिवको भव्य मुर्ति समेत निर्माण गरिएको छ। यस्तो धार्मिक तथा ऐतिहासिक रहेको यस ठाउँको प्रचार प्रसार गर्न सके धार्मिक ,ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट समेत अर्घाखाँचीमात्रै नभइ सिङ्गो नेपाललाई नै विश्वसामु चिनाउन मद्दत पुग्ने निश्चित छ। हाल सो क्षेत्रमा एउटा पोभरी र शिवको मुर्ति निर्माण गरिएको छ। विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भएपनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ।यहाँको प्रचार प्रसरका लागि विक्ष भाषासंग सम्बन्धित सबै लाग्नुपर्ने देखिएको छ। विश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पाणिनीको महत्त्वका बारेमा व्यापक प्रचार प्रसारको खांचो रहेको देखिन्छ।
आविष्कार घिमिरे
लेखकः- अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका महा-सचिव हुन्।

