
अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा प्रवासी नेपालीहरूको एकता, सहयोग र समृद्धिका लागि सक्रिय बागमती प्रदेश एकता समाजले आफ्नो चौथो अधिवेशन आगामी २९ डिसेम्बर २०२४ आइतबारका दिन दक्षिण कोरियाको राजधानि सउल स्थित दोङ्देमुन सहरमा रहेको नेपाल थाई रेस्ट्रुरेन्ट सभाहलमा आयोजना गर्न गइरहेको छ।
समाजले विगतमा नेपाली समुदायको हितका लागि विविध परोपकारी कार्यहरू गर्दै आएको छ। चौथो अधिवेशनले समाजको विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका लागि योजनाहरू तय गर्ने र नया नेतृत्व चयन गर्नेछ।
चौथो अधिवेशन कार्यक्रमलाई भव्य बनाउन बागमती प्रदेश एकता समाजले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ। यस्तो कार्यक्रममा सहभागिताले नेपालीहरूबीच एकता र आपसी सहयोगको भावना अझ सुदृढ हुने विश्वास गरिएको छ।
यस अवसरमा बागमती प्रदेश एकता समाज दक्षिण कोरियालाई कार्यक्रमको सफलताका लागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया हार्दिक शुभकामना व्यक्त गर्दछौँ। बागमती प्रदेश एकता समाजले प्रवासी भूमिमा नेपालीहरूको पहिचान र स्वाभिमानलाई अझ सशक्त बनाउन आफ्नो भूमिका निभाउँदै जानेछ। नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुको उपस्थितिमा चौथो अधिवेशन कार्यक्रम ऐतिहासिक, सफल र अविस्मरणीय हुनेमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले विश्वास लिएको छ।




