
अर्घाखाँची सम्पर्क मञ्चः- नेपाली सम्पर्क समिति, दक्षिण कोरिया (NCC) ले आगामी छुसक-2025(주척) पर्वलाई लक्षित गरी कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँगको समन्वयात्मक सहकार्यलाई थप सशक्त बनाउँन तपसिलको मिति, समय र स्थानमा विशेष सहजीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा तिनका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिने यस कार्यक्रममा बिगतका कार्यक्रमहरुको समिक्षा गर्दै आगामी छुसक पर्वमा नेपाली संघसंस्थाले गर्ने कार्यक्रमहरुको योजनाबद्ध कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरुले आपसी सद्भाव, संस्कृति संरक्षण र सहकार्यलाई प्रवर्द्धन गर्दै आएका छन्। यस्तै सन्दर्भमा, आगामी छुसक पर्वमा कोरियाली समाजसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै नेपाली संस्कृति प्रस्तुत गर्न आयोजना हुने विविध कार्यक्रमहरुलाई व्यवस्थित र सफल बनाउँन नेपाली सम्पर्क समितिले यो सहजीकरण कार्यक्रमको आयोजना गरेको हो।
यस कार्यक्रममा सहभागी नेपाली संघसंस्था, समुदायका प्रतिनिधि तथा समाजसेवीहरुले बिगतका कार्यक्रमहरुको अनुभव साटासाट गर्दै समस्या समाधानको साँझा खोजी गर्ने र आगामी कार्यक्रमका लागि आवश्यक रणनीति तय गर्नेछन्। सहभागी संस्थाहरुले आयोजना गर्न लागेका सम्भावित कार्यक्रमहरुको प्राथमिक योजना पनि प्रस्तुत गर्नेछन्। जसबाट नेपाली सम्पर्क समितिले आवश्यक समन्वय र सहयोगको व्यवस्था मिलाउन सक्नेछ। यसरी साँझा मञ्चमा सबैको सक्रिय सहभागिताबाट सहकार्यको सशक्त वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सबै संघसंस्थाका प्रतिनिधिहरुलाई आफ्नो योजना र बिगतका अनुभव प्रस्तुत गर्न पनि समय दिइनेछ। यसरी साझा प्रस्तुती र छलफलले कार्यक्रमको गुणस्तर र व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याउने विश्वास नेपाली सम्पर्क समितिले लिएको छ।
यो सहजीकरण कार्यक्रमले नेपाली संघसंस्थाहरुबीचको समन्वय र सहकार्यलाई थप बलियो बनाउँदै, आगामी छुसक पर्वमा आयोजना गरिने विविध कार्यक्रमहरुको सफल कार्यान्वयन सुनिश्चित गर्नेछ। यसले नेपाली समुदायको एकतालाई समेत थप मजबुत बनाउनेछ।नेपाली सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष हर्क बिष्टले अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका सचिवसँगको कुराकानीमा भन्नुभयो।
तपसिल
मिति: १५ जुन २०२५
समय: बिहान ठीक ११:०० बजे
स्थान: भेटघाट रेष्टुरेण्ट, सुवन (गेट नं. ९)
आयोजक: नेपाली सम्पर्क समिति, दक्षिण कोरिया कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यो सहजीकरण कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। नेपाली सम्पर्क समितिले आयोजना गरेको यो कार्यक्रम हाम्रो समुदायको हित र आगामी छुसक पर्वको भव्यता सुनिश्चित गर्न अत्यन्तै महत्वपूर्ण छ। अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले पनि यो सहजीकरण कार्यक्रममा सामेल भई समुदायको एकतालाई अझ मजबुत बनाउन सधैं साथ दिनेछ। हामी सम्पूर्ण नेपाली संघसंस्थालाई यस कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछौं।




