
दक्षिण कोरियामा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया केवल संगठित संस्था मात्रै होइन्। सयौं माइल टाढा भए पनि, भावना, अपनत्व, र सम्बन्धहरू कहिल्यै टाढा हुँदैनन्। हामी जो जहाँ भए पनि हाम्रो संस्कार संकृति पहिचान अर्घाखाँची जिल्लाबाटै आएको छ। यही भावनालाई मूर्तरूप दिन, अर्घाखाँची जिल्लाबासी हरूलाई एकै ठाउँमा ल्याउन र “जहाँ अर्घाखाँची, त्यहाँ अपनत्व” भन्ने भावना फैलाउँने यो जिल्लाबासीहरुको साँझा घर हो।
दक्षिण कोरिया 2010मा स्थापना भएको यस संस्था स्थापनाकालदेखिनै विविध कार्यक्रम तथा गतिविधि गरिरहेको सर्वबितितै छ। प्रवाशमा पनि आफ्नो माटोको गन्ध, आत्मिय मानिसहरू र साँझा संस्कृतिको स्वाद हामीलाई एकतामा बाँध्ने अद्वितीय शक्ति हो। त्यसै भावनात्मक अपनत्वलाई जीवन्त बनाउने उद्देश्यले, अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले दक्षिण कोरियामा “मैत्रिपूर्ण बनभोज कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको विभिन्न क्षेत्रमा कार्यरत तथा अध्ययनरत अर्घाखाँची जिल्लावासी तथा प्रवाशी नेपालीहरूलाई एउटै थलोमा एकत्रित गराउँदै आपसी अपनत्व, समझदारी र सहकार्यको भावना विस्तार गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य राखिएको छ। व्यस्त जीवनशैलीबाट केही समय निकाली नेपाली स्वाद, संगीत र आत्मीय संवादको माध्यमबाट पारस्परिक सम्बन्ध बलियो बनाउने प्रयास स्वरूप यो बनभोज आयोजना गरिएको हो। अर्घाली पहिचान र एकताको पुनः पुष्टि, नयाँ तथा पुराना सदस्यबीचको आपसी परिचय र सम्बन्ध विस्तार, नेपाली सांस्कृतिक कार्यक्रमको माध्यमबाट परदेशमा स्वदेश सम्झिने अवसर तथा घरबाट टाढा रहेका नवआगन्तुकहरूलाई आत्मीय स्वागत र मार्गदर्शन जस्ता कुरालाई संस्थाले जोड दिएको छ।
रात्रिकालीन भोजपश्चात आयोजना गरिने साँस्कृतिक कार्यक्रमले अर्घाखाँचीको मौलिक पहिचान झल्काउनेछ। सहभागिहरुको नेपाली लोक प्रस्तुति, हास्य व्यङ्ग्य, गीतसंगीत, साहित्य र सामूहिक सहभागिताबाट भरिपूर्ण यो कार्यक्रमले परदेशमा भए पनि हाम्रो माटोको भावना उजागर गर्नेछ।नेपाली मौलिक परिकार, आत्मिय सामुहिक खापिन, मिठा गफगाफ, परिवारिक वातावरण बिच हर्ष, उमंग, स्वदेश सम्झाउने स्वाद र भविष्यका लागि प्रेरणा र सहकार्य स्थापपित गर्ने लक्ष्य राखि संस्थाले आयोजना गर्न लागेको “मैत्रिपूर्ण बनभोज कार्यक्रम २०२५” मा सम्पूर्ण अर्घाखाँचीबासी तथा नेपाली दाजुभाइ/दिदीबहिनीहरूलाई स-शुल्क सहभागिहुन अनुरोध गरेको छ।
कार्यक्रम मिति समय र स्थान
मितिः- ३/४ मे २०२५
समयः- स्थानिय समय
रात्रिकालीन भोज – २०२५ मे ३ तारिख, साँझ ६ बजे
विविध कार्यक्रम – २०२५ मे ३ तारिख, राति ९ बजे
दिवा बनभोज –२०२५ मे ४ तारिख, बिहान ९ बजेबाट सुरू
स्थानः- बुहान सान (सिओल)
सहभागिता शुल्क
सहभागिता शुल्क अत्यन्तै सुलभ र वर्गअनुसार फरक राखिएको छ, ताकि सबैले सहज रूपमा सहभागी हुन सकून्:
- पुरुष: ₩100,000 (कोरियाली वन)
- महिला तथा बिद्यार्थी: ₩80,000
- जोडी (Couple): ₩160,000
- विशेष छुट:
अर्घाखाँचीबाट E9 भिसामा पहिलो कार्यकालमा रहि तलब नबुझेका तथा दक्षिण कोरियामा पहिलो सेमेस्टर अध्ययन गरिरहेका बिद्यार्थीहरू
निशुल्क सहभागिता (समावेशी भावना अनुरूप) सर्तहरु लागु हुनेछन्।
सम्पर्क
यदि तपाईं कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने, तलका माध्यमहरूबाट सम्पर्क गर्न सक्नुहुन्छ।पूर्व जानकारी र दर्ता अनिवार्य छ, ताकि व्यवस्थापन सहज बनोस्।
संस्थाको वेवसाइट www.asmkr.com तथा फेसबुक www.facebook.com/Arghakhanchikr
सम्पर्क ब्याक्तीहरु अध्यक्ष रुद्र पौडेल 010-5573-0678, बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम पोखरेल 010-7711-6112 संयोजक टिमः- मिलन के.सी. 010-8360-1233, सि.एन. भण्डारी 010-8094-9313, नारायण खनाल 010-5363-1087, मनोज पौडेल 010-8062-6124, फर्सु पौडेल 010-9886-8851, सनु खनाल 010-7939-5723




