‘सुपा देउराली तीज कार्यक्रम–भाग -३’ स्थगित गरिएको बारे ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्न लागेको “सुपा देउराली तीज कार्यक्रम–भाग -३” स्थगित गर्ने निर्णय गरेको छ ।

देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित भएको र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहनुभएको यस संवेदनशील अवस्थामा उत्सव तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित उक्त निर्णय गरिएको हो।

यस दुःखद् घडीमा विपद् प्रभावित परिवारप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदना प्रकट गर्नु नै हाम्रो प्रमुख दायित्व भएको संस्थाको ठहर छ। साथै, विपद् प्रभावितहरूको राहत तथा सहयोगका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।

बाढी तथा पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सम्पूर्णको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दछौँ।

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top