अर्घाखाँची सम्पर्क मञ्चले नयाँ बर्ष लक्षित कार्यक्रम सम्मपन्न गर्यो।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा आयोजित नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान एवम भित्तेपात्रो बिमोचन, खेलाडीहरुलाई प्रोत्सान स्वरुप जर्सी वितरण तथा चिया पान कार्यक्रम यहि मिति २०८१ साल चैत्र ३१ गते (१३अप्रिल२०२५) आईतबारका दिन दक्षिण कोरियाको राजधानी सिओलको दोङ्देमुन सहर स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रका बिच सु-सम्पन्न गरेको छ।
“अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया” संस्थाको अध्यक्ष श्री रुद्र पौडेल को सभापतित्वमा, गैर आवासिय नेपाली संघ (NRNA) दक्षिण कोरियाका अध्यक्ष श्री बुद्धी गुरुङ्गको प्रमुख आतिथित्यमा, नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाका कार्यवाहाक अध्यक्ष हर्क बिष्ट र लुम्बिनि प्रदेश समाज दक्षिण कोरियाका कार्यवाहाक अध्यक्ष मदन गौतम बिशिष्ट अतिथि रहनु भएको थियो। संस्थाका सल्लाहकार टिकाराम पोखरेल, फर्सु पौडेल, दिपक राज बञ्जाडे, दिपक खनाल र गुल्मी सम्पर्क समितिका उपाध्यक्ष युवराग गौतम सहित नेपाल सरकारका निजामति सेवामा रहि (छात्रवृती) मा अध्यानका लागि दक्षिण कोरिया आउँनु भएका बासुदेव खनाल, बिनोद खनाल र मोतिराम भुसाल अतिथिका रुपमा रहनुभएको थियो। भने कार्यक्रम मा स्वागत मन्तव्य संस्थाका बरिष्ठ-उपाध्यक्ष बाबुराम पौखरेलले राख्नु भएको थियो। कार्यक्रमका संयोजकको भुमिका मिलन के.सी ले गरेका गर्नुभएको थियो भने औपचारिक कार्यक्रम संस्थाका सचिव सि.एन. भण्डारीले सञ्चालन गर्नु भएको थियो।
अर्घाखाँची सम्पर्क मञ्च ले दक्षिण कोरियामा समय सापेक्ष विविध कार्यक्रम गर्दै आएको छ। विविध सिलसिलामा जन्मभुमि छाडी दक्षिण कोरिया आएका जिल्लाबासिको प्रतिनिधित्व गर्दै देश र समाजमा मनाइने विभिन्न चाड पर्व उत्सवहरुमा प्रवाशमै रहेर पनि विविध कार्यक्रम गर्दै आयको छ। जिल्लाको प्रचार-प्रसार गर्ने उद्देश्य राख्दै विगतको बर्ष देखि संस्थाले नेपाली मिति सहितको भित्ते पात्रो प्रकाशनमा ल्याएको छ। प्ररदेशमा रहि विभिन्न समस्या झेल्दै आफ्नो समयको सदुपयोग गर्दै खेल क्षेत्रमा रुचि राख्नु हुने खेलाडीहरुलाई प्रोत्सान स्वरुप सोहि कार्यक्रममा जर्सी वितरण गरिएको थियो।


भित्तेपात्रो बिमोचन गर्दै कार्यक्रमा उपस्थित सबैका लागि भित्तेपात्रो उपलब्ध गराइएको थियो।जिल्लो प्रतिनिधित्व गर्दै दक्षिण कोरियामा (क्रिकेट तथा ब्यटमिन्टन) खेल खेल्ने खेलाडीका लागि जर्सी बितरण गरीएको थियो। कार्यक्रमका बिचमा चिया पान सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधमा नयाँ बर्षको शुभकामना दिदै भैपरी आउने समस्याहरुमा संस्थागत सहकार्य गर्दै अगाडी बढने कुरामा जोड दिनुभयो। दक्षिण कोरियामा रहेका नेपालीहरका समस्या समाधान गर्न अर्घाखाँची सम्पर्क मञ्चले चालेका कदमको प्रसंसा गर्नु भयो। अन्तयमा यी र यस्ता कार्यक्रम गर्ने अर्घाखाँची सम्पर्क मञ्चलाई गैर आवासिय नेपाली समाजले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।

सभा अध्यक्षले कार्यक्रमको समापन गर्दै मौसमले पुर्ण साथ नदिदा उल्लेखनिय उपस्थित हुन नसकेको भए पनि कार्यक्रम भव्य रुपमा सफल भएको बताउनु भयो।संस्थाले तयार पारेका आगामि योजनाबारे प्रस्ट पादै उहाले भन्नुभयो। निकट भविश्यमा संस्थाले जिल्लाबासिको अपनत्व कायम हुने गरि आफुले काम गरिरहेको बताउँदै  बिगतका बर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि चाड वाडलाई लक्षित गर्दै कार्यक्रम गरि संस्थालाई जिल्लावासिको साँझा घर स्थापना गर्ने गरि आफुले योजना बनाइरहेको बताउदै कार्यक्रम समापन गर्नु भएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top