कथाः- नखुलेको कारण

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः- अपरिचित समाजमा फरक धर्म-संस्कार, भेष-भुषा, रहन-सहन र नौला अनि बिराना मान्छेहरुको भिडमा अलमलिएको एक सङ्घर्षशील युवा बैदेशिक रोजगारीमा दिन भरिको कामले लखतरान परेको छ। रात बिताउँन आफ्नो कुटिमा पुग्छ। डङ्लङ्ग उतानो पल्टीएर मोबाइलको स्क्रिन खोल्दै सामाजिक सञ्जालमा रहेका सामाचार, साहित्य, गित संगीत, लेख आदि इत्यादी हेर्न थाल्छ। जव फेसबुकमा मानिसका अनुभव, बिचार, सुचना आदि रहेको स्क्रिन स्क्रल गर्दै जादा देखिएको तस्बिरमा पुगेपछि स्क्रल गरिरहेको हात अडियो। आँखा झिमिक्क नपारी हेरीरहेको भएपनि मन भने अमिलो भयो। मेरो मानसपटलमा एका एक बिगतको यादहरु एक पछि अर्को गर्दै किताबको पाना जसरी खोलिन थाले। एकछिन पछि मनलाई समाल्दै धेरै बेर नियाल्दै एक टकले त्यो तस्बिर हेरिरहे। तस्बिर हेरिरहदा तस्बिरको माथि लेखिएको स्टाटसमा आँखा पुराएको रैन्छु। धेरै समय तस्बिर नियाले पछि एक नजर स्टाटस तिर गयो। स्टाटसमा लेखिएको थियो। बैवाहिक बर्षगाँठको भब्य शुभकामना श्रीमान ज्यू धेरै माया सँगै दुई वटा रातो पानको चिह्न जोडेर मायाको इङगित गरिएको थियो।

बिं. सं. २०७३/20७४ तिरको एक बिहानी मेरो फोनको घण्टी बज्यो। फोनमा भएको हरियो बटन थिच्दा थिच्दै उताबाट आवाज आयो दाई आज दिदिलाई केटा हेर्न आउँने रेऽ के गर्ने होला? त्यो सुनेर म छाँगाबाट खसे जस्तो भए अघिसम्म आधा निद्रामा भएको म फोनमा बताइएको कुराले निद्रा कता गयो पत्तै भएन शरिर चिट् चिट् भयो के गरू, कसो गरू कसलाई भनु को सँग मद्दत मागु दिमागले केहि काम गर्न सकेन चारै तिर अन्धकार जस्तो देखिन थाल्यो। छेवैको टेवलबाट एब लोटा पानि घट घटी पिए र पानीको शान्त स्वभावले मलाई पनि केहि शान्त महशुस भयो। त्यतिखेरको अवस्थालाई टुल टुल हेर्नु बाहेक म सँग केहि विकल्प थिएन। मेरो काधमा जिम्मेवारी धेरै थियो। जुन मलाई कुनै पनि हालतमा पुरा गर्नु थियो। एक मनले सोचदै छु कि ! भगाई लैजाउ। फेरि अर्को मनले सोचद्छु हुदैन् तँ सँग काम दाम केहि छैन् यतिकै हचुवाको भरमा बाटो लगेर कहाँ पुग्छस् गन्तव्य कहाँ हो? कसको शरणमा जान्छस्? को छ तेरो यो अवस्थामा साथ दिने एकपटक सोच तँ तैले त्यसो गर्दा तेरो भरोसामा बसेकी बृद्धा आमाको के हालत होला ?

समाजले ति बृद्ध आमाको पालनपोष्ण सेवा सत्कार गर्ने वेलामा स्त्री मोहमा लागेर म हिडे भने  यो समाजले समाई के भन्ला अँ साच्चै मलाई मात्रै होर मेरी आमाले दिएको संस्कार भन्दै आमालाई औला उठाउँने ठाऊँ पाउला तेरो बाले छाडेर गएपछि अभिभावकको भुमिका निवांह गर्ने ति काका ३ भाई दाजुहरुको तँ प्रतिको भरोसा आशाको के होला आफै भित्र दुई मनले अन्तर द्वन्द सुरु भयो। त्यतिकैमा भित्रबाट आमाको आवाज आयो बाबु चिया खान आउ ढिला भयो। बाबु कलेज जानु भन्दा अगाडी एक मुठो घास काटीदेउन मेरो घुडा दुखेर तल माथि गर्न सक्दिन भित्रबाट आएको आमाको आवाजले झसंङ्ग बनायो। शरिर तातेर रातो भयो। आमाको आदेश अनुरुप मन नलागी नलागी उठेर भित्र पशे म दिमाग भरी नानाथरी दुःखको बिश्वयुद्ध चलिरहेको थियो। केहि खान मन थिएन आमालाई चिया नखाने भन्दै हसिया नाम्लो टिपेर खरबारी तिर लागे।

 सधै गितको गुनगुनमा गुन्जिने हाम्रो खरबारी आज शान्त थियो। त्यहाँ चरा चुरिङ्गीको आवाज पानीको कलकल आवाज पनि आज खल्लो लागिरहेको थियो। साहेद मनमा अनेक युद्ध भएर होला के गर्नु कसो गर्नु भन्ने कुराको निर्णय गर्नु पर्ने। कुन मनको कुरा सुन्ने त्यतिबेला भगवान सँग नि एकदमै रिस उठेर आएको थियो। जिम्मेवारी र मायाको अग्नी परिक्षामा पुर्याउनु भयो। त्यति वेला म त्यस्तो तरवारको धारमा थिए जहाँ जतापट्टी ढले पनि बलि मेरै हुनेथियो। एकतिर मन मस्तिष्क बाट आफ्नौ प्रेम मायाँ अर्कातिर आफुलाई सर्वश्व ठानेर आफ्नो लागि माया धन सम्पती बैश सबै त्यागेर बसेकी मेरी आमा आफुमाथि अन्धो बनेर विश्वाश र भरोसा गरेका काका अनि दाजुहरु।

मनमा हजारै कुराहरु खेलाउदै जेनतेन एक मुठो घास काटेर फर्किए आमाले सधैको म र आजको म मा फरक देखेर होला तँ ठिकै छस् ? बाबु भन्दै सोधनु भयो। टाउको एकदमै दुखेको बाहाना गरे र भने कलेज जादिन आमा ।

आमाले पनि अनुमति दिएको इसरा गर्नुभयो मनमा कुरा खेलि रह्यो। भोक प्यास केहि थिएन छिन् छिन् मा भोक लाग्ने छोराको यो रुप देखेर आमाको मन न हो अस्पताल जाने सल्लाह दिनुभयो। जान मन थिएन त्यो अस्पताल हो। अस्पतालमा निको पार्ने रोग मलाई लागेको थिएन मनका बिश्वयुद्धबाट उत्पन्न भएको रोग एउटा निर्णय गरेर निको पार्नु थियो। मन नलागि नलागि एक गाँस खाना खायर अस्पताल जाने बाहानामा निस्किएँ।  

बाटोमा कहाँ के को कस्तो केहि कुराको वास्ता भएन मैले चालेको प्रत्यक पाईलाले आफैलाई झापड हाने जस्तो लाग्यो। त्यतिकैमा एक पटक उनलाई भेटेरै कुरा गर्छु भन्ने मनमा लाग्यो। मेरो गाउँ भन्दा पारि उनको गाउँमा हामिले एउटै बिद्यालय अध्यान गरेका थियौ। पहिला हाम्रो प्रेमको सुरुवात त्यही बाट भएको थियो। सधै छोटो लाग्ने त्यो पारि गाउँको बाटो आज निकै लामो लागिरहेको थियो। आफ्ना पाइला आफैलाई भारी लागिरहेको थियो। छिटो छिटो चालेका पाईला पनि आफै पछि-पछि सरे जस्तो अनुभव गर्दै जसो तसो उनको गाउँमा पुगे। उनको घरको छेवैमा मेरो मिल्ने मित्रको घर थियो। त्यसैले उनलाई देख्न भेटन सहज हुनेथियो। सदा जस्दै काका काकी (साथिको बुवा-आमा)लाई प्रणाम गरि बिरे खै! त काकी भन्ने प्रस्न सोधन नपाउदै टुपलुक्क त्यहि अगाडि आयो। मेरो अनुहारको भावले बुझेर होला हिड तलतिर जाँउ भनेर लग्यो। बिरे सम्पुर्ण कुराको साक्षतकार थियो। त्यतिकैमा उसले निन्याउँरो पारामा भन्यो अब के गर्ने मैले सम्झाँउन कोशिस गरेको केहि उपाय लागेन।

त्यतिकैमा बहिनिलाई (उनकी) बोलाउँन लगाए एकै छिन् मा बहिनि त्यहाँ पुगिन मलाई देखेर हल्का दुःखी अनुहारमा मुस्कान ल्याउने कोशिस गरेको स्पष्ट बुझिदै थियो। त्यतिकैमा मैले दिदिलाई एक पटक भेटने चाहाँना व्यक्त गरे उनि हुन्छको इसारा गर्दै घर तर्फ लागिन हामि र मित्र जो सँग भेटमा नानाथरि कुरा आउँथ्यो। कुराको अनत्य हुदैन थियो।आज एक अर्काको अनुहार नियालदै मौन थियौँ। त्यतिकैमा मनिल अनुहारमा बहिनी टुप्लुक्क आईन उनको अनुहारमा प्रस्ट देखिनथ्यो। दिदिले मलाई भेटन अस्विकार गरेको त्यतिकैमा पर तिरबाट कसैको आवाज आए जस्तो लाग्यो बैनी सँग बिदा हुदै त्यहाँबाट निस्कन लाग्दा साथिले पर सम्म मऽनि जान्छु भन्दै बैनि सँग बिदा लिएर लाग्यौँ । साथिले शान्तोना दिदै थियो। तँ हुन्छ मात्र भन् म जसरी भएपनि ल्याउछु त्यसलाई त्यतिकैमा मैले भने म लिन आएको होइन यार म माथि जिमेवारी कति छ। त्यो तलाई अवगत नै छ। म अन्तिम पटक भेटन मन लागेर आएको हुँ। मेरो दुई मनको बिश्वयुद्धमा जित जिमेवारीको भएको थियो। सुनेको थिए पहिलो प्रेम पाउँनु मात्रै होइन गुमाउँनु पनि प्रेम हो भनेर यसै कुरालाई सम्झिदै मन बुझाउदै साथि सँग बिदा भएर घर तर्फ उकालो लागे। त्यो उकालो सँग सँगै उनिसँग बिताएको हरेक पल त्यहि आँखा वरिपरि झलझली आइरहे। जेन तेन झम्के साँझमा घरमा पुगे। भान्सा कोठामा मेरो बाटो कुरीरहेकी मेरी आमाले मलाई देख्दा निस्किएको त्यो शब्द अनि उनको मुहारको मुस्कानले मनको बिश्वयुद्धमा जिमेवारीको जित न्याय-उचित लाग्यो मनमा उनले भेटन नमान्नुको कारण खट्किरहेको थियो।

    मेरो बारेमा सम्पुर्ण जानकार भएर जीमेवारी निभाउँन बाटो खोलिदिएको जस्तो लाग्यो। अर्को दिन उनको बिवाह भएको खबर पाँए कता कता नरमाइलो लागे पनि उनको सफल बैवाहिक जीवनको कामना भगवान सामु गरे। दिन महिना बर्ष बिते बिवाह पश्चात आज सम्म भेटेको छैन् । एक पटक भेटेर सोधन मन छ। त्यो दिन नभेटनुको कारण आशा छ कि! मैले बुझेको कारण र उनको मुखबाट निस्कने कारण एउटै हुने छ। त्यो दिन देखि आज सम्म धेरै परिवर्त भए मेरो जीवनमा आज म सँग जे छ सायद त्यो वेला भएको भए आज त्यो फोटोमा मेरो अनुहार हुन्थ्यो यस्तै यस्तै सोच्दै गर्दा कतिखेर आँखाको डिल भरिएछ पत्तै भएन।

   त्यतिकैमा किन टोलाउनु भएको भन्दै मेरो श्रीमतीको आवाज सँग कल्पनाको संसार बाट बिउतीए बैवाहिक जीवनको शुभकामना दिदै मोबाइल राखेर होइन केहि होइन भन्दै श्रीमतीले लिएर आएको चियाँको चुस्की सँगै मन-मनै प्रथाना गरे भगवान उनी जहाँ छिन सदा खुसी राख्नु है।
 नोटः- कथाका सबै पात्र काल्पनिक हुन्।

– अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका बिद्यार्थी संयोजक हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top