
अर्घाखाँची सम्पर्क मञ्चः- “प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता” भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन मार्च २ तारिख, आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ।यस अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले कोरियामा रहेका गण्डकीवासी नेपालीहरूमाझ आपसी एकता, सहकार्य, सामाजिक उत्थान, नेपाली संस्कृतिको जगेर्ना तथा नेपालीहरुको समृद्ध भविष्य निर्माणका लागि निरन्तर योगदान पुर्याउँदै आएको छ। समाजद्वारा आयोजित विविध कार्यक्रमहरूले प्रवासमा नेपालीहरूबीच आत्मीयता वृद्धि गर्दै सहयोग, भाईचारा एवं साझा प्रगतिको मार्ग स्थापित गरिरहेको छ।
नव नियुक्त कार्यसमितिलाई सफल कार्यकालका लागि हाम्रो संस्था अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। गण्डकी प्रदेश समाजले प्रवासी भूमिमा नेपालीहरूको हकहितको संरक्षण, नेपाली संस्कृति तथा परम्पराको प्रवर्द्धन र गण्डकी प्रदेशका नेपालीहरूको हक हितका लागि विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ। नयाँ कार्यसमितिले संस्थाका लक्ष्य, उद्देश्य तथा योजनाहरुलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजलाई अझ सशक्त र गतिशील बनाउने विश्वास लिएका छौं।

कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको सहकार्य र ऐक्यबद्धताले मात्र यहाँको नेपाली समुदायलाई सुरक्षित, संगठित र समृद्ध बनाउन सक्छ। त्यसैले नव कार्यसमितिले सबै नेपाली समुदायलाई समेट्ने, एकताबद्ध गर्दै पारस्परिक सहयोगलाई सुदृढ गर्ने दिशामा काम गर्ने अपेक्षा राखिएको छ।“अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया“ले समाजसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।
नयाँ कार्यसमितिले नेपाली समुदायको हकहित संरक्षण गर्न, प्रवासी भूमिमा नेपाली एकतालाई थप मजबुत बनाउन तथा गण्डकी प्रदेश समाजलाई थप उन्नत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं। प्रवासी नेपाली समुदायबीच आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउँदै सामाजिक कार्यहरूलाई प्राथमिकता दिँदै एकता, सहयोग र सशक्त सहभागिताको माध्यमबाट समाजको उद्देश्य पूरा गर्न नव कार्यसमितिले महत्वपूर्ण कार्यहरू अघि बढाउने अपेक्षा गर्दछौं।गण्डकी प्रदेश समाज दक्षिण कोरियाको यो ऐतिहासिक दोस्रो अधिवेशन भव्य रुपमा सफल पार्नुहुने प्रविण गिरी नेतृत्वको कार्यसमितिलाई धन्यवाद् व्यक्त गर्दै नव निर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना व्याक्त गर्दछौं।
नव निर्वाचित कार्यसमिति
अध्यक्षः- नर कुमार गुरुङ्ग
बरिष्ठ-उपाध्यक्षः- निर्मला सुर्खली
महिला उपाध्यक्षः- श्रीजना तिवारी
उपाध्यक्षः- अमृत पाठक
– खेम पंगेनीमहा-सचिवः- रिक्त पद
महा-सचिवः-रिक्त पद
सचिवः- पुष्पराज भण्डारी
कोषाध्यक्षः- रिक्त पद
सह-कोषाध्यक्षः- रिक्त पद
सदस्यहरू
-गोबिन्द पोखरेल, रेशम पौडेल, बिष्णु सापकोटा, कृष्ण कुमार श्रेष्ठ, श्रीराम अधिकारी र कपिल अधिकारी निर्वाचनबाट नियुक्त हुनुभएको छ।




