
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः- जीवन अनमोल छ, तर कहिलेकाहीं कठोर परिस्थितिहरूले कसैको जीवन संकटमा पारिदिन्छ। यस्तै दुर्भाग्यपूर्ण परिस्थितिबाट गुज्रिनु भएको छ। मालारानी गाउँपालिका–३ (साविक खनदह गा.वि.स. कुनाखर्क) अर्घाखाँची जिल्ला निवासी ४८ वर्षीय ज्ञानीराम खनालका दुवै मृगौला फेल भइसकेका छन्, जसका कारण उहाँको जीवन एक गम्भीर संकटमा परेको छ। हाल भारतको कर्नालस्थित अस्पतालमा उहाँको उपचार भइरहेको छ। मृगौला प्रत्यारोपण जस्तो जटिल र महँगो उपचारका लागि आवश्यक आर्थिक अभावले गर्दा उपचारमा ढिलाइ भइरहेको छ।
उहाँको परिवार एक साधारण किसान परिवार हो।
मृगौला प्रत्यारोपण एक अत्यन्त जटिल र महँगो प्रक्रिया हो, जसका लागि ठूलो आर्थिक रकम आवश्यक पर्छ। बिरामीको परिवारमा कमाउने अन्य सदस्य छैनन्, जसले गर्दा उपचार खर्च जुटाउन असम्भवजस्तै भएको छ। हालसम्मको पैतृक सम्पत्ति सबै उपचारमा खर्च भइसकेको छ, अब थप आर्थिक सहयोगबिना उपचार सम्भव छैन। यदि शीघ्र उपचार भएन भने बिरामीको जीवन संकटमा पर्न सक्छ। यस्तो कठिन घडीमा हामी सामाजिक भावना जागृत गरी, मानव धर्म निभाउँदै उहाँको जीवन बचाउन सहयोग गरौं।
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले दक्षिण कोरियामा रहेका सम्पूर्ण जिल्लाबासी तथा नेपाली समुदायलाई आग्रह गर्न चाहन्छौं कि कृपया सक्दो सहयोग गरी मानवताको महान कार्यमा सहभागी बनौं।
सम्पर्क व्यक्तिहरू:
अध्यक्ष: रुद्र पौडेल (1055730678)
सहयोग अभियानका संयोजक: मिलन केसी (1083601233)
सह संयोजक: दीपक खनाल (1079179018
दक्षिण कोरियामा सहयोग रकम जम्मा गर्न्
- Hana Bank
- खातावालाको नाम: Krishna Kunwar Chhetri
- खाता नम्बर: 39891076703607
“सहयोग नै महान कर्म हो”!
मानव जीवन अमूल्य छ, तर कहिलेकाहीँ आर्थिक अभावकै कारण कसैको जीवन मरणसङ्ग सङ्घर्ष गर्नुपर्छ। आज तपाईंको सानो सहयोगले कुनै परिवारमा आशा जगाउन सक्छ।
“अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया




