अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः रङ्गहरूको अनुपम उत्सव होली जसले हर्ष, उल्लास र भाइचारा फैलाउँछ। यसलाई दक्षिण कोरियामा भव्य रूपमा “सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरिया” द्वारा आयोजित “한강 होली महोत्सव २०२५ ” आयोजना गरिँदैछ। प्रवासमा नेपाली चाडवाडका कार्यक्रम आयोजना हुदा हामी अत्यन्त हर्षित छौँ। “सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरिया”ले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका बिगत देखि नै खेलिरहेकोछ। “한강 होली महोत्सव २०२५” यो कार्यक्रमले कोरियावासी नेपाली समुदायलाई एकताको सेतुमा बाँध्नेछ। जहाँ रङ्ग, संगीत, नृत्य र संस्कृतिका अनुपम झलकहरूले सबैलाई मन्त्रमुग्ध पार्नेछन्।
होली नेपाल र भारतीय उपमहाद्वीपमा मनाइने एक प्रमुख सांस्कृतिक पर्व हो। यो पर्वले प्रेम, एकता र आनन्द (खुसि)को सन्देश दिन्छ। होलीको अवसरमा मानिसहरूले एक अर्कामा रंग लगाउँछन्, गीत गाउँछन्, नाच्छन् र विभिन्न परिकारहरूको स्वदिष्ट भोजनबाट आनन्द लिन्छन्। यो पर्वले समाजमा भएका सबै भेदभावहरूलाई मेटाउँदछ र सबैलाई एउटै रंगमा रंगाउँद्छ। यसले मानवीय सम्बन्धहरूलाई बलियो बनाउँदछ र समुदायमा सद्भावना बढाउँदछ।
“सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरिया”ले दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई होलीको आनन्द लिने मौका दिनुका साथै कोरियामा बसोबास गरिरहेका गैर नेपालीहरुलाई पनि नेपाली संस्कृतिसंग परिचित गराउने महत्वपूर्ण पहल गरेको छ। यो कार्यक्रमले नेपाली र कोरियाली संस्कृतिहरूबीच आदानप्रदानलाई बढावा दिनेछ र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउनेछ।
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजक सनातनसाहित्यसङ्गीतसाधनासमूह (पाँच-स) दक्षिण कोरियालाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ। आयोजक संस्थाको अथक प्रयास, समुदायप्रति समर्पण र नेपाली संस्कृतिप्रति राखिएको सम्मानको हामी उच्च प्रशंसा गर्दछौँ। साथै सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यस उत्सवलाई अझ उल्लासमय बनाउन आह्वान गर्दछौँ।
होलीले सबैका मनमा आनन्द, उमङ्ग र सौहार्दता भरोस्। यो पर्वले आपसी सद्भाव, एकता र आत्मीय सम्बन्धको रंगमा सबैलाई रंगाओस्।शुभ होली !




