
अर्घाखाँची सम्पर्क मञ्चः नवलपरासी समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम अधिवेशन २०२५ को ऐतिहासिक अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। नेपाली समुदायको संगठित प्रयास, आपसी भाइचारा र सामाजिक उत्थानको अभियानलाई अझ सशक्त बनाउने यो महत्वपूर्ण अधिवेशनको आयोजना गर्ने संस्थाका सम्पूर्ण सदस्यहरूको प्रतिबद्धता, समर्पण र सक्रिय सहभागिताको प्रमाण हो।
समाज भनेको केवल नाम वा संस्था मात्र होइन यो त नवलपरासी वासिको पहिचान, एकताको स्रोत र संस्कृतिको परिचायक पनि हो। प्रवासमा रहेर पनि मातृभूमिप्रति समर्पित भई एकताको भावना बोकेर अगाडि बढ्नु आफैंमा प्रेरणादायी कार्य हो। यस प्रकारका संस्थाहरूले मातृभूमिको समृद्धि, आपसी सहयोग र प्रवासी नेपालीहरूको हकहितको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। नवलपरासी समाज दक्षिण कोरियाले सामाजिक सेवाका क्षेत्रमा खेलेको भूमिकालाई हामी उच्च सम्मान गर्छौं र यस अधिवेशनले संस्थालाई अझ बलियो बनाउने विश्वास लिएका छौं।
यस ऐतिहासिक अवसरमा समाजका सम्पूर्ण पदाधिकारी, सदस्यहरू, संरक्षकहरू, सल्लाहकार तथा शुभेच्छुक महानुभावहरूलाई हाम्रो संस्थाको तर्फबाट प्रथम अधिवेशन सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईहरूकै अथक प्रयास, सहयोग र इच्छाशक्तिले समाजलाई नयाँ उचाइमा पुर्याउनेछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै समाजको उद्देश्यलाई थप स्पष्ट पार्नेछ भन्नेमा हामीले विश्वास लिएका छौं। नवलपरासी समाज दक्षिण कोरियाको प्रथम अधिवेशन २०२५ भव्य रूपमा सम्पन्न होस्, समाज अझ सशक्त बनोस् र नेपाली एकताको सन्देश प्रवासमा झन् फैलियोस् भन्ने कामना सँगसँगै यस महत्वपूर्ण अवसरमा सफल कार्यसम्पादनको शुभेच्छा व्यक्त गर्दछौं।





