
अर्घाखाँची सम्पर्क मञ्चः नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले ‘बृहत् साहित्य मेला 2025’ तपशिलको मिति, समय र स्थानमा आयोजना गर्ने घोषणा गरेको छ। दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था तथा साहित्यप्रेमी नेपालीहरूलाई पत्राचार गरी यस ऐतिहासिक कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ।
उक्त साहित्य मेलामा मुक्तक, गजल, कविता र हाइकु प्रस्तुति गरिनेछन् जसले नेपाली साहित्यको प्रवर्धन र संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ। साहित्य समाजको चेतना अभिवृद्धि गर्ने माध्यम भएकाले यस्ता कार्यक्रम प्रवासी नेपालीहरूका लागि रचनात्मक र प्रेरणादायी बन्ने विश्वास गरिएको छ।
यस भव्य साहित्यिक कार्यक्रमलाई सफल बनाउन अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले नेपाल मुक्तक प्रतिष्ठानलाई हार्दिक शुभकामना व्यक्त गर्द छ। प्रवासी नेपाली समुदायभित्र साहित्यिक चेतनाको जागरण गर्ने यसखाले पहल अत्यन्त सराहनीय छ। प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य तथा सांस्कृतिको जगेर्ना गर्नु अत्यन्त गर्वको विषय हो।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सदस्यहरू, प्रतिष्ठित साहित्यकारहरू, साहित्यप्रेमी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। साहित्यिक प्रस्तुतिहरूले साहित्यकारहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभाहरूलाई स्थान दिने अपेक्षा गरिएको छ।
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले नेपाल मुक्तक प्रतिष्ठानको यस प्रयासलाई उच्च सम्मान गर्दै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन सम्पूर्ण सहभागीहरू उत्साहका साथ उपस्थित हुने विश्वास गर्दछ।
यस प्रकारका कार्यक्रमहरूले प्रवासी नेपाली समुदायबीच आपसी सम्बन्ध बलियो बनाउने मात्र नभइ नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने समेत टेवा पुर्याउने छ। नेपाल मुक्तक प्रतिष्ठानले बिगतमा पनि यस्ता साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै नेपली साहित्यलाई उजागर गर्दै आइरहेको छ। आगामि दिनमा पनि यी र यस्ता कार्यक्रमहरु हुने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएको छ।
साहित्यिक चेतना अभिवृद्धि गर्ने यो अभियान सफल रहोस् भन्ने कामना गर्दै दक्षिण कोरियामा रहेका सम्पूर्ण साहित्यप्रेमी, नेपाली दाजुभाइ तथा दिदिबहिनी, प्रवासमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि र नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ।
तपशिल
मिति: २०२५
समय: मध्यान्न १२३० देखि
स्थान: शुभेच्छा रेष्टुरेन्ट सभाहल दोङ्देमुन
서울특별시 종로구 창신동 315-2, 2층





