अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना

अर्घाखाँची सम्पर्क मञ्चः कोरियाली नयाँ बर्ष 설날 (सलनाल)को अवसरमा  तपसिलको मिति, समय र स्थानमा  “चियापान तथा अन्तरक्रिया” कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम सम्पूर्ण अर्घाखाँचीबासीहरूलाई एकै ठाउँमा भेला गराई आपसी सम्बन्ध सुदृढ बनाउने, अनुभव आदान-प्रदान गर्ने र प्रवासमा रहेका नेपालीहरूबीच सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रवासमा रहेका नेपालीहरूको आपसी भेटघाट, सूचना आदान-प्रदान र सामाजिक एकताको भावना बलियो बनाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेकाछन्। विशेष गरी अर्घाखाँचीबाट रोजगारी, अध्ययन, व्यापार वा अन्य विभिन्न शिलशिलामा दक्षिण कोरिया आइपुगेका दाजु-भाइ तथा दिदि-बहिनिहरूका लागि यो कार्यक्रमले नयाँ अवसरको खोजी, समस्या समाधान तथा सामूहिक एकताको बिकास गर्ने छ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नेपालबाट विभिन्न कारणले कोरिया आइपुगेका सम्पूर्ण अर्घाखाँची बासीहरूलाई यस कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछ। कोरियाको व्यस्त जीवनशैलीका कारण धेरै दाजुभाइ दिदीबहिनीहरूबीच भेटघाट गर्ने अवसर कम पाइन्छ। यस्तो कार्यक्रममा सहभागिता जनाउँदा पुराना साथीभाइसँग पुनः भेटघाट गर्न, नयाँ मित्रता गाँस्न तथा महत्वपूर्ण जानकारीहरू आदान प्रर्दान गर्न सकिनेछ। कार्यक्रममा  जिल्लावासिहरुको बाक्लो उपस्थिति, सामाजिक गतिविधिहरू तथा रोचक छलफल रहनेछ। यो एउटा औपचारिक कार्यक्रम मात्र नभएर मनका कुरा साट्ने, आफ्ना अनुभव बाँड्ने, र भविष्यका लागि सामाजिक वातावरणको तयार गर्ने अवसर पनि हो।

चियापान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्नो विचार राख्न, नयाँ सूचना लिन, तथा आफ्नो अनुभव साझा गर्न सबै अर्घाखाँचीबासीहरूलाई अनुरोध गरिन्छ। हामी कोरिया बसेर पनि नेपालीपनको सम्बन्ध गहिरो बनाउने प्रयास गर्दैछौं। यस्ता कार्यक्रमहरू प्रवासमा रहँदा पनि नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउने महत्वपूर्ण अवसर हुन्।अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया यस कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउनका लागि सबै जिल्लाबासीहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछ। प्रवासमा भए पनि एक आपसमा सहकार्य गरौं, एकता बलियो बनाऔं ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहाँ रहेका जिल्लाबासीहरूका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। प्रवासमा हुँदा पनि आफ्नो जन्मभूमिप्रति समर्पित भई सामाजिक सेवा गर्न चाहनेहरूका लागि यो संस्था एक साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ।

कार्यक्रमको उद्देश्यहरुः-
– एक आपसमा चिनजान र अनुभव आदान-प्रदान
– समस्या तथा चुनौतीहरूबारे छलफल र समाधान खोज्ने प्रयास
– सामाजिक तथा सांस्कृतिक एकता मजबुत बनाउने
– दक्षिण कोरियामा नयाँ आउनेलाई सहजीकरण गर्दै आवश्यक जानकारी प्रदान गर्ने
– सहयोगी वातावरण सिर्जना गर्ने

तपसिल
 मिति: २८ जनवरी २०२५
 समय: बिहानको ११ बजे (स्थानिय समय)
 स्थान: दर्शन नमस्ते रेस्टुरेन्ट सभाहल, दोङ्देमुन
       (मेट्रोलाईन नं. १ र ४, दोङ्देमुन मेट्रो स्टेसन ,गेट नं. ३ अगाडि)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top