अर्घाखाँची नेपालीहरुको महान पर्व शुभ-दिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा आयोजना हुदै छ।
सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ भाग-२ मा नेपाली मौलिक सांस्कृतिक अनुसारको देउसी भैलो, मारुनी नाच (बासुरी ताल), सोरोठी नाच, नेपाल र नेपालीको पहिचान झल्काउने नाचगान तथा नेपालको पश्चिमा भेगमा नाचिने झ्याउरे नाच सँगै नेपाली परिकारको स्वादमा हिन्दुहरूको महान चाड शुभदिपावली (तिहार) अब दक्षिण कोरियामै मनाउन र रमाउन सकिने छ।
शुभ-दिपावली/तिहार/यमपञ्चको रुपमा मनाईने यो पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व अति महत्त्वपूर्ण रहेको छ। यो पर्व/चाड उज्यालो प्रकाश, समृद्धि र एकताको प्रतिक रहेको छ। यो चाडको मुख्य आर्कषणको रुपमा मनाइने शुभदिपावली (तिहार)मा काग तिहार, कुकुर तिहार, गोवर्धन पूजा र भाइ तिहार रहेको छ। यस चाडले मानव र पशुपंक्षी बिचको सम्बन्धलाई सम्मान गर्नुका साथै महत्त्व पनि उत्तिकै दर्साउदछ। यस चाडमा विशेष गरि घर-घरमा दीप बालेर देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। जसले सुख, शान्ती तथा समृद्धिको आस्था जगाउछ।

तिहारले दिदिबहिनी र दाजुभाई बिचको सम्बन्धलाई मजबुत बनाउन सप्तरङ्गी टिका लागाई सयपत्री फूलको माला लगाईन्छ। शुभदिपावली (तिहार)मा खेलीने देउसी भैलोले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउदै सामुदायिक सहभागिता र सद्भाव स्थापित गर्दछ। झिलिमिली बत्ती, रङ्गोली र मिठा परिकारहरुको स्वाद लिदै गर्ने कार्तिकको दानले समाजमा सामाजिक समानता स्थापना गर्दछ।
यसपर्वमा गरिने कार्तिकको दानले समाजमा बसोबास गर्ने मानिसहरु बिच सामुहिक समानताको र नेपाली भाई चारालाई अझ मजबुत बनाउदै आएको छ।
विभिन्न उद्देश्य राखि जन्मभूमि छाडि प्रवासमा रहनुहुने नेपालीलाई शुभदिपावली (तिहार)को शु-अवसरमा दक्षिण कोरियामा “सुपा देउराली देउसी भैलो तथा साँस्कृतिक साँझ” भाग-२ ले आपसि सदभाव, भाई चारा र भावनात्मक सम्बन्ध अझ सुमधुर गर्ने कुरामा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया विश्वस्त हुनुका साथै नेपाली संस्कार परम्परा र मौलिकताले नेपाली स्वाभिमानमा ठुलो सजावट हुनुका साथै विश्वभर छरिएर रहेका नेपालीहरु बिच मौलिक चाडवाडले नेपाली सभ्यता र राष्टिय एकताको सुत्रधारमा बाध्ने सन्देशसँगै यस्ता कार्यक्रमहरुले नेपाली कला, संस्कार र सौन्दर्याताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने हुनाले नेपाली र गैर नेपाली सबैका लागि सहजै सांस्कृतिक महत्त्व महसुस गराउनुका साथै बुझ्ने चिन्ने गरी सन्देश दिन सक्छ। यी र यस्ता सन्देशमुलक कार्यक्रमहरुले नेपालको सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा समेत प्रत्यक्ष टेवा पुर्याउदछ भन्ने अपेक्षा राखि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नेपाली कला संस्कृति परम्परा देखि चलि आएका चाडवाडको अवसरमा प्रवासमै रहेर पनि यी र यस्ता कार्यक्रम गर्दै आएको छ।




