सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ 2024 भव्यताका साथ सम्पन्न

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले २०८१ साल कात्तिक १७ गते अर्थात् २०२४ नोभेम्बर २ तारिखमा परेको गोवर्धन पूजा, गोरु पूजा, म्ह पूजा, बली पूजा, हली तिहार र नेपाल संवत् ११४५ को अवसरमा “सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४” आयोजना गरी प्रवासमा रहेका नेपालीबीच मौलिक परम्परा र संस्कृतिलाई जोगाइ राख्ने उद्देश्यसहित औपचारिक र सांस्कृतिक कार्यक्रम १००औ जनाको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरेको छ। नेपाली राजदूतावासका कार्यवाहक राजदूत पुष्पराज भट्टराई प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुनुभएको थियो।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सुपादेउराली देउसी भैलो आयोजना गरेको हो। विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरू विविध कारणले चाडपर्वमा नेपाल जान नपाएका र परिवारबाट टाढा रहेका नेपालीहरूलाई परिवार र चाडपर्वको झल्को मेटाउने यस कार्यक्रमको उद्देश्य रहेको थियो। प्रवासमै बसेर खुसीका साथ चाडपर्व मनाउँदै मौलिक परम्परा र संस्कृतिलाई जोगाइ राख्न यस कार्यक्रमले टेवा पुर्‍याउने विश्वास आयोजक संस्थाले लिएको छ।यस कार्यक्रमको सभाध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष श्री बाबुराम पोखरेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास सिओलका कार्यवाहक राजदूत श्री पुष्पराज भट्टराई ज्यू उपस्थित हुनुभएको थियो। कार्यक्रम संयोजक संस्थाका सचिव मिलन के.सी. र सह-संयोजक सचिव नारायण खनाल रहनुभएको थियो।संस्थाको तर्फबाट स्वागत मन्तब्य उपाध्यक्ष जितेन्द्र कुवरले राखनु भयको थियो भने शुभकामना मन्तब्य सल्लाहकार जिबन आचार्यले राखनु भयको थियो। औपचारिक कार्यक्रमको सञ्चालन सचिव सि.एन. भण्डारीले गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा NRNA South Korea का अध्यक्ष बुद्धि गुरुङ, प्रवासी मजदुर युनियन MTU का अध्यक्ष उदय राई, नेपाली सम्पर्क समिति NCC का वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष हिमाल खनाल, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, र सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष विकास बोहोरा उपस्थित हुनुभएको थियो। अन्य अतिथिहरूमा विभिन्न राजनीतिक दल तथा दुई दर्जनभन्दा बढी संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू उपस्थित हुनुभयको थियो। सबै अतिथिहरूले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो।

सांस्कृतिक कार्यक्रमतर्फ मौलिक देउसी भैलो, मारुनी नाच (बाँसुरी ताल), सोरठी, र स्थानीय कलाकारहरूले नाचगान गरी कार्यक्रममा शोभा बढाएका थिए। सांस्कृतिक कार्यक्रम सँगै नेपाली परिकारको खाजा तथा भोजनको व्यवस्था पनि गरिएको थियो। यी कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूलाई चाडपर्व मनाउने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिकता र संस्कृतिको प्रचार-प्रसारमा समेत टेवा पुर्‍याउने विश्वास आयोजक संस्थाको रहेको छ। चाडपर्व र संस्कृतिको प्रचार-प्रसारले नेपालको पर्यटन क्षेत्रमा समेत योगदान पुर्‍याउने र समग्र राष्ट्रको हित हुने विश्वास गरिएको छ।

  जटिल परिस्थितिका बाबजुत पनि संस्थाका संरक्षक, सल्लाहकार कार्यसमितिका सबै साथिहरुको अथक प्रयास अतुलनिय योगदानले कार्यक्रम भब्य रुपमा सफल भयको छ। जिल्लावासी मात्रै नभई नेपालको विभिन्न स्थानमा घर रहेका १००भन्दा बढि नेपाली उपस्थित रहनु भयको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top