संस्थाका संरक्षक हिमाल खनाललाई अभिनन्दन सहित मंगलमय यात्राको शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका संरक्षक तथा लुम्बिनी प्रदेश समाज, दक्षिण कोरियाका संस्थापक अध्यक्ष हिमाल खनाल यहि मिति १५ जनावरि २०२५ मा नेपाल प्रस्थान गर्नु लाग्नु भएको हुदा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिनन्दन सहित मंगलमय यात्राको शुभकामना ब्यक्त गरेको छ। दक्षिण कोरियाको फ्यङ्थेक (평택) स्थित नेपाली होटेल माउन्टेन फिस्टेलको सभा हलमा ५ जनाबरी २०२5 मा आयोजित उक्त कार्यक्रममा हिमाल खनाललाई दोसल्ला ओढाएर सम्मान गर्दै उहाँको मंगलमय यात्राको कामना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष रुद्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बाबुराम पोखरेलले राखेका थिए। कार्यक्रममा संस्थाका कार्यसमिति तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अतिथिसहित अन्य उपस्थित सदस्यहरूले हिमाल खनालको योगदानको सराहना गर्दै यात्राको शुभकामना साथै सामाजिक कार्यका लागि शुभकामना व्यक्त गरेका थिए।

यसै कार्यक्रमका बिच केहि समय अघि दक्षिण कोरिया आएका बिनोद नेपाली र शन्तोष नेपाल लाई स्वागत गरिएको थियो। संस्थाले नयाँ सदस्यहरूको आगमनलाई प्रोत्साहन र स्वागत गर्दै भावी दिनमा संस्थागत गतिविधिमा सक्रिय सहभागी हुने अपेक्षा व्यक्त गरेको थियो।

कार्यक्रमले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका गतिविधिहरूमा नयाँ ऊर्जा थप्दै प्रवासी नेपालीहरूको सहकार्यलाई थप प्रगाढ बनाउदै भाइ चाराको एकता बिकाश हुने बिश्वास राखेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top