कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाद्वारा आयोजित नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम-2025’ को सफलताका लागि अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया हार्दिक शुभकामना ब्यक्त गर्दछ।

दक्षिण कोरियामा रहेको गौरवशाली संस्था गुल्मी सम्पर्क समितिले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको नयाँ बर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम-2025 तपसिलको मित, समय र स्थानमा आयोजना गर्दै छ। यस कार्यक्रममा सम्पूर्ण नेपाली भाषि कोरियामा रहेका  नेपालीहरूका लागि खुल्ला मनोरञ्जनात्मक कार्यक्रम हुने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले लिएको छ।

यस कार्यक्रममा विशेष आकर्षणका रुपमा गुल्मी मुसिकोटको नौमती पञ्चेबाजा, जापानको विशेष सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रतिष्ठान दक्षिण कोरियाका कलाकार तथा स्थानीय कलाकारहरूको गायन र नृत्य बेजोड प्रस्तुतिले कार्यक्रमलाई थप रङ्गीन बनाउनेछ।

गुल्मी सम्पर्क समितिद्वारा कोरियामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अनुरोध गरिएको छ।

तपसिल:
मितिः 28 जनवरी 2025 (सलनालको पहिलो दिन)
समयः साँझ ६ बजेदेखि (स्थानिय समय)
स्थानः 서울시 종로구 동로 63-8 파노라마 2층, 종각 मेट्रो स्टेसन गेट नं. ७ बाट बाहिर

सम्पर्क: जीवन न्यौपाने – 010-3381-9206, चन्द्र राना – 010-7565-2051, युवराज गौतम – 010-9675-4137, गणेश पौडेल – 010-8342-6585, यम थापा – 010-7635-2992, गिरी मगर – 010-4097-1116, सुशिल विश्वकर्मा – 010-5508-4246, विश्वनाथ गौतम – 010-5683-9857 र जीवन मगर – 010-2181-1877

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top