
अर्घाखाँची सम्पर्क मञ्चः तमु ल्होसार २०८१ को अवसरमा सम्पूर्ण देश बिदेशका रहनुभयका नेपाली समुदाय, शुभचिन्तक र साथीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यो चाडले हाम्रा परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरिया गर्दछ।
यस अवसरमा, तमु धीँ दक्षिण कोरिया ले आयोजना गर्न लागेको विशेष कार्यक्रमका लागि कोरियामा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ। यस कार्यक्रममा तपाईंले तमु ल्होसारको मौलिक परम्परागत सांस्कृतिक झल्को, रमाइलो प्रस्तुतिहरू र स्वादिष्ट परिकारहरूको आनन्द लिन सक्नुहुनेछ। यो अवसरमा गरियको कार्यक्रमले प्रवाशमा रहेको नेपाली समुदायलाई अझ नजिक ल्याउनेछ र एकताको सन्देश प्रवाह गर्नेछ । तमु धीँ दक्षिण कोरियाले तपसिलको मिति समय र स्थानमा कार्यक्रम गर्न लागेको हुदा दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई दिदिबहिनिहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ।
तपसिल
मिति: 2025/01/05
समय: दिउँसो 12:00 बजेदेखि साँझ 7:00 बजेसम्म
स्थान: HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA
서울 종로구 자하문로 255 (부암동 190-3)
सम्पर्क: 010-22932730, तमु धीँ दक्षिण कोरिया को फेसबुक





