
अर्घाखाँची सम्पर्क मञ्चः दक्षिण कोरियामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो र गरिमामय साझा संस्था (छाता संगठन) नेपालीसम्पर्कसमिति(NCC), दक्षिणकोरियाको हालै सम्पन्न १९औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अर्घाखाँचीसम्पर्कमञ्च, दक्षिणकोरिया हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीहरूको हकहित र समस्या समाधानमा दशकौँदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको NCC ले अनुभवी व्यक्तित्व श्री हर्क बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति पाएकोमा हामी हर्षित छौं। समावेशी र क्षेत्रीय प्रतिनिधित्वसहित चयन भएको यस टोलीले आगामी दिनमा नेपाली समुदायको एकता र सेवामा अझै सशक्त कदम चाल्नेछ भन्ने हाम्रो विश्वास छ।
अर्घाखाँची सम्पर्क मञ्च र नेपाली सम्पर्क समिति (NCC) बीच रहिआएको आपसी भाइचारा र सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा राख्दछौं। नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूको कार्यकाल सुखद र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौं।
नवनिर्वाचित १९औं कार्यसमिति:
१)अध्यक्ष -हर्क बिस्ट (सुदुर पश्चिम )
२) बरिस्ठ उपाध्यक्ष -नारायण न्यौपाने (लुम्बिनी)
३) महिला उपाध्यक्ष -हेमलता शर्मा (खुल्ला)
४) उपाध्यक्ष- नारायण पौडेल (गण्डकी)
५) उपाध्यक्ष- डेनराज सिजापति (कर्णाली )
६) महासचिव- सुमन चौलागाईं (बाग्मती )
७) सचिव- पदम राई (पुर्बी नेपाल)
८) सचिव- भगवान तिवारी (बाग्मती )
९) कोषाध्यक्ष -झलक बिस्ट (सुदुर पश्चिम)
१०) सहकोषाध्यक्ष सेकेन्द्र गुरुङ (गण्डकी)
सदस्यहरुः
११) रुद्र पौडेल (लुम्बिनी )
१२)ध्रुव आचार्य (गण्डकी)
१३)केशब श्रेष्ठ (पुर्बी नेपाल)
१४) मेघा रेउले (कर्णाली)
१५)खगेन्द्र गौतम (कर्णाली )
१६) साकेन्द्र चनारा (कर्णाली)
१७) निरोज तामाङ (बाग्मती )
१८) महेन्द्र हाङसारुम्बा (पुर्वी नेपाल)





