बसबिसौनिमा भेटिएको विगत

अर्घाखाँची सम्पर्क मञ्चः- बिहान उठ्यो हतार-हतार हातमुख धोयो निद्रा नखुल्दै कलेज र दिउँसो प्राइभेट कम्पनिमा काम गर्छु। कलेज ड्रेसमै अफिस जान्छु। दिनभर अफिसमा कमप्युटर अगाडि बस्दा आँखा भने अलिक कमजोर भएका छन । यस्तै यस्तैमा दिनचर्या बितिरहेका छन। गर्मी बिदाले कलेज जान नपर्ने भए पनि अफिस जानै पर्यो। बिहानको नित्यकर्म  सकेर आँखामा हल्का पावरवाला चस्मा र धुलो बाट बच्न मास्क लगाएर करिव ९:३० बजे बुटवल बेलबास देखि नगर बस चढेको थिय। बुटवल मिलनचोक मेरो कार्यस्थल भएकोले १० बजे सम्म पुगिसक्नु पर्ने थियो। बस खचाखच भरिएको मात्रै के हुनु र पाइला राख्ने ठाउँपाउन समेत मुस्किल थियो। अफिस समयमा प्राय यस्तै हुने। खचाखच भरिएको बसमा चढ्ने र ओर्लने यात्रुहरुलाइ निकै सास्ती हुने। बल्लतल बसको ढोका भित्र छिरी एउटा हातले बसमा भएको फलामको ड्न्डि समातेको थिए। बुटवल अञ्चल अस्पताल गेटै अगाडि रहेको बस बिसौनिमा बस रोकियो र ओर्लने यात्रुहरु ओर्लदै थिय। म भने ढोका छेउमा भर्खरै खाली भएको सिटमा बसेको थिए।

सुन्नुहोस् न यति सामान झार्न सहयोग गर्नुस न पिलिज पछाडीबाट कसैले मधुर आवाजमा भन्दै थियो।त्यहाँ गरिएको अनुरोध मैले खै! कसरी के बुझे तर त्यो आवाजले झसङ्ग भए। आवाज निकै परिचित थियो। मनको भित्री गहिराइमा बसेको, बर्षौ बोलेको हासेको त्यो आवाज परिचित थियो । जुन आवाज सुन्नका लागि म व्याकुल थिए। पर्खाइको त्यो आवज दुरुस्तै थियो। फनक्क पछाडी फर्केर हेर्न त्यहाँको भिडले वाताबरण नै दिएन। गाडीबाट ओर्लिरहेका यात्रुको भिड सँगै म पनि गाडिबाट ओर्लिए। जब म बस बिसौनिको जमिनमा पाइला राखेको मात्रै के थिए गाडिको ढोका तिर बाट पुनः आवाज आयो। मलाइ तल ओर्लन मद्त गर्नुहोस् न! त्यो आवाजले म बस तिर नफर्की रहन भने सकेन। मेरा आँखा बसको ढोका तिर पुगे तव कमजोर शरीर, अनुहारमा स्पस्ट थकान झल्किएको आँखा भित्र गडेका र कयौ दिन देखि निदाउँन नसके जस्ता आखाँ हो त्यही अनुहारमा मेरो नजर रोकियो। एकटकले नियाली रहे तर पनि त्यो आवाज र त्यो रुप को हुन उनि? उनले हात अगाडि बढाउदै भनिन तल ओर्लन मदत गर्नुस् न! के हेरिराख्नु भएको ? सहयोगि हात अगाडि बढाउँदै गर्दा पनि उनको पहिचान खुलाउँन अझै पनि उनिबाट नजर हटाएको छैन् हेर्दै जादा मेरो नजर अलि पुरानो भैसकेको हातको घडिमा पर्यो जुन घडि मैले उनलाई जन्मदिनमा उपहार दिएको थिए।

मैले आफ्नो दाहिने हातले उनको हात बेस्सरी कसेर समाते उनले मेरो नजरमा नजर जुधाए पनि केही बोलिनन् तल ओर्लेपछी पछाडि नफर्की सरासर लुम्बिनी प्रदेशीक अस्पताल तिर लागिन। जेब्रा क्रसिङ्ग काटेर अस्पताल भित्र नपुगुन्जेल म निशव्द भएर एकोहोरो उनलाई हेरिरहे बस हेरिरहे। बसको हर्न बजेपछी म पुनः बस चढेर बसपार्क र पैदल यात्रा गरेर मिलनचोकमा  रहेको अफिस पुगे ।     

अफिसमा बसेर दिनभर सोचिरहे के भएको होला? उनका आफ्ना मान्छहरु खै? जस्को लागि मसङ्ग बिछोड भएको थियो? त्यो मान्छे खै? किन बिरामी हुदा पनि एक्लै? सानो काडा शरिरमा बिझ्दा त आत्तिने डराउने मान्छे आज यो अवस्थामा कसरी? यो अवस्थामा कसरी भयो? त्यो पनि छोटो समयको अन्तरालमै। मेरो शरीर भारी भयो मन भक्कानो छोडेर रुन थाल्यो। आँखाका परेली  टिलपिल आशुले भरिए घाँटी सुकिरहेको थियो। पानी पिए अनि खाजाघरमा फोन गरेर चिया मगाएर चियाको चुस्की सँगै आफ्नो विगतलाइ कोट्याउन लागे। ती दिनहरु म ९ कक्षा पास गरि १० पढदै थिए। भर्खर भर्खर जिल्लामा एफ.एम रेडियो खुलेका थियो। छाताको एन्टिना बनाइ घरको छानामा  लगाएर तार रेडियोको एन्टिनामा जोडेर एफ एम सुन्न सकिन्थियो। जसमा पत्रमित्रता र प्रेम पत्र  कार्यक्रमहरु मलाइ औधी मन पर्थ्यो। निकै चाखदिएर सुन्न मन पराउथे। रेडियोमा पत्रमित्रता कार्यक्रमहरुबाटै ठेगाना पाएर मैले पनि दुई चार ओटा पत्र पठाएको थिए। जसमध्ये एक दुईवटा पत्र मलाइ पनि आएका थिय। तिनै मध्ये आएको एक पत्र ममताको थियो ।

एक मात्रै सञ्चारको माध्यम हुलाकबाट निकै समय पत्र पठाउँने र प्राप्त गर्ने क्रम चलिरहयो। हामिले पत्रमै एक अर्काको फोटा, अनुभव, भविष्यका योजना, फोन नम्बर र उपहार पनि  साटासाट गरेका थियौ। उनको याद, उनैले लेखेका पत्रहरु उनिबाट मेरा लागि प्राप्त  गरेका सबै उपहार तथा फोटाहरु आजका दिन सम्म सुरक्षित राखेको थिए।

 एसएलसी पछिको अद्ययनका लागि बिषय छनोट भविष्यको कार्यक्षेत्र जस्ता कुराको ब्यापक छलफल फोनबाटै गरेका थियौँ। ११ पढ्दै गर्दा कलेजबाट साथिहरु मिलेर शैक्षिक भ्रमणमा रेसुङ्गा जाने निर्णय भयो। भ्रमणको योजना बारे ममतालाई बताउदै भने यो शैक्षिक भ्रमण मात्रै नभएर तिमी र म भेट हुन सक्ने अवसर पनि हो। भन्दै यसै अवसरमा भेट हुन उनलाई रेसुङ्गा आउँन आग्रह गरे। उनले भेटका लागि केहि आना कानि गरे पनि अन्तयमा एक साथिसँगै आउने र भेट छोटो बनाउँने कुरा हामि दुवै बिच योजना बन्यो। उनी प्रतिभा नाम गरेको साथी सङ्गै त्यहा आएकी थिइन्। त्यही भेट हाम्रो पहिलो भेट थियो। उनी निलो रङको कुर्ता सेतो सुरवाल अनि गुलावी रङ्गको चुन्निमा आएकी थिइन।प्रकृतिक अनुहारमा आकर्षक सहजपन भएकी हेर्दा अत्यन्तै राम्री न अग्लि न होची मिलेको जिउडाल जति मीठो आवाज त्यति सुन्दर ममता उनको नाममा मात्रै होइन मनमा पनि माया र अनुरागले भरिपुर्ण थियो।

फोनमा औपचारिक र सामान्य कुरा गर्ने हामि भेट पछि भने कुरा लामा र श्रीङ्गारिक बन्दै गएका थिए। फोनबाटै गरिने कुराकानिले खै! कति बेला प्रेमिल दियो सल्कायो पत्तै पाईएन्। प्रेम दिवसको अवसर पारेर मैले नै फोनबाटै प्रेम प्रस्ताव राखे मेरो प्रस्ताव सुनेर उनले एकै छिन् को मौनता पछि बोल्दै भनिन् अस्विकार गरे भने? के गर्नु हुन्छ? म सँग तिम्रो प्रस्नको उतर छैन्। एकै छिनको मौनता पछि उनले भनिन तपाइले ढिला गर्नु भो मलाइ त डर थियो प्रेम नै गर्नुहुन्न कि! मन नै नपरेको भए त यसरी रातभर बोलेर को बस्थ्यो? उनका यी शब्दहरुले मलाई बिश्व युद्ध जितेर फर्किएको योद्धा जस्तै शाहासी बनाएको थियो।

हाम्रो दैनिकी नै दिनरात फोनमा कुरा गर्दै बिताउने बनेको थियो। अलिक टाढाको दुरि भएर होला भेट हुन निकै समय कुर्नु पर्थ्यो। ममताको जन्मदिनको अवसर पारेर स-परिवार अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली दर्शन गर्ने योजना बनाएका थिय। उनले मलाइ पनि सुपादेउराली बोलाएको थिइन् सोहि समयमा मैले घरमा सदरमुकाम पुस्तक किन्न जाने वाहानामा सुपादेउरालीको साइतले बजार जान घरबाट निस्किए अनि बजार पुगेर एउटा हाते घडी किनि सुपादेउराली पुगेर जन्मदिनको शुभकामना दिदै उपहारमा हाते घडि दिए स-परिवार साथैमा भएकोले हाम्रा लागि मात्रै छुट्टै समय थिएन्। पत्रमित्रताबाट सुरु भयको हाम्रो सम्बनधमा मोबाईल फोन हात परे देखि टेलिकमको मध्यरातका अफरले मलजल गर्यो भने भेटले प्रेममा बदलेको हाम्रो सम्बन्ध निकै गहिरो र गाढा हुँदै गएको थियो । प्रत्यक्ष भेट हाम्रो केवल २ पटक मात्रै भएको थियो । दिनहरु पढाइ लेखाइ अनि रात फोन गरेरै बित्ने गर्थ्यो म कहिले घरको चौकिदार जस्तो राती बाहिर बसेर फोन गर्थे त कहिले फोन गर्दै निदाउथे। उनको बोली उनको हासो मेरो मुटु धड्किने आधार बन्दै गैरहेको थियो।

उच्चमाध्यमीक शिक्षा सकेपछी हामी दुबै पढन बुटवल झर्ने निधो गर्यौ अनि  मैले घरमा स्नातक पढन बुटवल झर्ने जागिर गरि कमाउदै पढने विचार गरेको कुरा बा-आमालाइ सुनाए। अनुमती पाएपछी बुबाले नै बुटवल नजिक बेलवासमा कोठा खोज्न आफ्नो चिनाजानको साथिलाइ लगाउनु भयो। कोठा पनि पाइयो र खुशी हुँदै मैले यी सब कुरा ममतालाइ सुनाए  तर अचानक ममताको बोली अर्कै थियो। अलिक फेरिएको थियो। मैले कारण जान्न चाहे उनले सुरुमै नभनेपनी मैले निकै बल गरेपछी कुरा खोलिन उनको बुबा भारतिय सेनाका हवल्दार र उहाँ सङ्गै सेनामै कार्यरत  साथिको छोरालाइ आफ्नो छोरी बिहे गरिदिने वचन दिनु भएको रहेछ। उनिहरु अहिले बिहेको लागि भन्दै छोरी माग्न घरमा आएका रहेछन अनि बुवाको वचन बमोजिम छोरी बिहे गरिदिन तयार भएको भनी पठाँएछ्न्।यो कुरा सुनेर म छागा बाट खसे जस्तो हुँदै थिय। मेरो मुखबाट निस्कीहाल्यो, तिमिले के भन्यौ? उनले आफ्नो कुरा आफ्नो बुवासङ्ग राख्न नसक्ने आमा सङ्ग भन्दा आमाबाट कुनै प्रतिक्रिया नआएको बताइन । म एक्कासी रिसाएर ठूलो स्वरमा भने यदि यस्तै गर्नु थियो भने पहियै भन्नू पर्ने कसैलाइ मायाको आस देखाएर जिन्दगी भर निको नहुने घाउ किन दिएको ? उनले तपाईं गलत फहमको शिकार भएको भन्दै थिइन् मैले बिचमै कुरा काटे  हो म गलत भए। अब तिमी सहि सधै तिमी सहि हुनु मेरो प्रेम गलत मेरो दिलमा तिम्रो लागि ठाउँ गलत के भन्नू पहिलो प्रेम नै गलत उनी के पो भन्दै थिइन कुन्नी! मैले रिसाएर फोन काटे र मोबाइल जोडले भुइमा बजारे । मानिसहरुको सम्बन्ध जोडने सञ्चारको सेतु बनेको निर्दोष मोबाइलहरु छिन् भरको आवेगले बिछोडमा कति फुट्छन ती मोबाइलको के दोष तर रिसको वेला विबेक नपुग्दो रहेछ।    

बिहानको कलेज अनि दिनभर अफीस दैनिकी बनेको छ। ब्यस्त दैनिकिले मायाको चोटमा बिस्तारै मल्हम लगाउदै थिए। तर आज अचानक बाटोमा उनिसङ्गको अप्रत्याशित भेटले खत बस्दै गरेको चोट फेरि बल्झिएको थियो । म जान्न चाहान्थे किन कसरी आखिर के भो उनिसङ्ग ? मसङ्ग प्रस्नहरु धेरै थिए तर उत्तर एउटै थिएन। ममतालाइ नै फोन गरेर बुझ्ने हिम्मत मसङ्ग थिएन । ममता र म पत्रमित्रता मार्फत जोडिएकोले हामी दिबैलाइ चिन्ने लगभग कोही मध्यतकर्ता थिएनन् भन्दा पनि हुने तर मैले एकजनालाइ सम्झिए जस्ले सायद मेरो प्रश्नको उत्तर दिन सक्थिन। एउटा पत्रमा उनले आफ्नो फोन नलागे साथिकोमा गर्नु है भनी साथि प्रतिभाको नम्बर दिएकी थिइन। पत्रहरु निकाली एक एक गरि पल्टाउँन थाले नम्बर भेटाएर फोन गरे। हेल्लो प्रतिभा हो? उताबाट हो हजुर अनि हजुरको हो नि मैले चिन्न सकिन ? भन्ने जवाफ आयो। मैले म मनोज भने प्रतिभाले फेरि को मनोज भनिन मैले हामी रेसुङ्गा ममता सङ्ग भेट भएको भनेर आफुलाइ चिनाए। तत्काल जवाफ आयो अब किन फोन गर्नु भो? के काम आयो? जिउँदो मर्दो जान्नु पर्यो। ममता जिउदै भएर पनि मरिरहेकी छिन्। पुग्यो तपाइको जित भो तपाइको  प्रेम सफल भो होइन् उनले रिस पोखिन। म एकछीन मौन बसेर उनको गाली सुनिरहे। अनि आफु ममताको बारेमा जान्न इच्छुक रहेको कुरा सुनाए । संयोगले प्रतिभा पनि बुटवल बस्ने रहिछ्न। अर्को दिन भेट हुन अनुरोध गरे प्रतिभाले मन्जुरी जनाइन अर्को दिन ३ बजे बसपार्क नजिकै रहेको खाजाघरमा भेट्ने बाचा गरेर फोन राखे ।

समयको पालना गर्दै म ३ बजे उनलाइ भेट्न बसपार्क गए प्रतिभालाइ भेटेर चिया खादै कुरा गर्न भनी नजिकै को चियाखाजा घर प्रवेश गरि २ कप चिया अर्डर गरे चिया आउँन नपाउदै म ममताको विषयमा बोले ममताको  बिहे बुवाले अन्तै तय गरिसक्नु भएको अनि घरमा बिहेको तयारी हुँदै छ भन्दै थिइन्। आखिर के भो उनिसङ्ग हिजो उनलाइ मैले देख्दा किन त्यस्तो अवस्थामा थिइन्। मैले केही बुझ्न सकिन यो बिषयमा सबिस्तार सुनाउँन प्रतिभालाई मैले अनुरोध गरे । जवाफमा प्रतिभाले भनिन तपाइले केही नबुझ्नु छोरी मान्छेको प्रेम छोरा मान्छेले कहिले बुझे र? जुन छोरिमान्छेको मन छोरामान्छेले जित्छ्न् त्यो पुरुषको लागि एउटा छोरी सन्सार सङ्ग लडन सक्छे उ पनि घर परिवार सबै सङ्ग लडि । घरमा अन्तै बिहे गर्न नसक्ने बताइ उस्को बुवाले घरको इज्जत फाल्ने भए तलाइ छोरी भन्दिन एउटि छोरी थि त्यो पनि छैन् भन्ने सोच्छु भर्खर घर छोडेर जा भन्नू भएछ। ममता एक्लै हजुरलाइ पाउँने आसमा हिडि फोन थिएन सम्पर्क थिएन्। घर छोडी परिवार जन्म गाउँ छोडी ।बुटवल आइ मसङ्ग भेटिन् र केहि दिनमा सहकारिमा काम लगाइदिए काम गर्दै हजुरसङ्ग भेट्ने आसमा बस्न थाली। मनमा विछोडको पिर ब्यथाले काम गर्न नि सकिन। समयमै खाने सुत्ने नगर्दा बिरामी परि र अस्पताल जाने आउने गर्न थाली। धर्यताको समय सिमा नाघिसक्दा शारिरीक अवस्था भने कमजोर हुदै गयो। दिनहु जसो मलाइ फोन गर्छे मनोजको फोन आयो कि भनेर सोध्छे । हजुरको फोन पनि सम्पर्क हुन सकेन मात्रै भन्छ रे। नरुवाउँनु न उसलाइ  हजुर त फोन के गरेर हिड्नु भो उसले भनेकि होइन गलत फहमको सिकार हुनु भो भ्रममा नपर्नु मेरो सास हजुरको लागि हो भनेर म बल्ल बुझ्दै थिए। उसले भ्रममा नपर्नु भनेर भनेकी थिइन् खै! म त रिसमा के के बुझे त्यो बेला मैले प्रतिभालाई उनी बस्ने डेरामा जाँउ है भनेर आग्रह गरे

बुटवल बसपार्क देखि नगर बसको यात्रा गर्दै नेपालगञ्ज रोड, तिनाउ खोला तरेर जितगढी हुदै अगाडि बढिरहेको बस नयाँ गाउँ शिव मन्दिर अगाडीको बस स्टपमा रोकियो। हामि बस स्टपबाट दाया घुमेर करिब ५ मिनटको पैदल यात्रा गरि हरियो रङ्ग लगाएको ३ तले घरको गेट अगाडी पुग्यौं।यसै घरको  तेस्रो तलाको एक कोठामा बस्दी रहिछन्। कोठा बाहिर पुगेर ढोका ढ्क ढक गरे बिस्तारै उनले ढोका खोलिन कोठामा छरपस्ट समान थियो। मनिलो रुञ्चे अनुहारमा ममताले बोली हिजो नचिने झैँ गरेको मान्छे अहिले के खोज्न आँउनु भो म छक्क परे हिजो चिनेकी थियौँ र उनले भनिन जस्लाइ पछाडी बाट देखे नि चिन्छु जसको छाया पनि चिन्छु उसको परिचय जाबो एउटो मुखौटोले लुकाउन सक्छ र ? म ढोका बाहिरै उभिराखेको थिए प्रतिभाले कोठा भित्र बोलाएर बस्न अनुरोध गरिन म ममता सुत्ने बेडको सिरानी सर्काउदै बस्न खोजे सिरानी छेउमा केही औषधिको पोका थिए तर अचम्म सिरानी मुनि मेरै फोटो थियो । निकै बेर मौनता छयो कोठामा मैले मौनता तोड्दै फेरि भने खोज्ने प्रयास गरिनौ कहिले मलाई उनले जवाफ खस्न नपाउदै भनिन जस्को लागि सन्सार छोडे जस्लाइ सम्झेर सास चल्छ। यो मुटु जस्को नामले धड्किन्छ उहीँ नै बिरानो बनेसी कस्लाइ खोजु हराएको भए खोजी पनि सक्थे होला छोडेर गएकोलाइ खोज्न कहाँ जाउँ के गरु तिमी पो छोरा मान्छे थियौं। अगाडि बढ्यौ मेरो त कोहि रहेन कोहि भएन ममताले गहभरी आँसु पारिन। मेरो बुझाइमा गल्ती भएछ रिसको बेला राम्रो पनि नराम्रो सुनेछु माफ गरिदेउ तिम्रो यो दुख पिडाको कारण तिम्रो अगाडि छ। जे सजाय दिन्छौ सब स्विकार छ। उन्ले हात समाउदै भनिन भ्रम भो भने सहि र गलत छुट्टाउँनु पर्छ। मन मा तिमिलाई अनि शिरमा अरु कसैलाइ सजाउँन सक्छु होला? म तिम्रो उहिले भैसकेको थिए। तिमिले बुझ्दै बुझेनौ मलाई नै गलत सम्झियौ छोरिमान्छेले सबै कुरा शव्दमा ब्यक्त गर्न सक्दैनन्। माया गरेको मान्छेले बुझिदियोस भन्ने चाहान्छन। त्यति भन्दै  रुन् थालिन। कोठामा केही समय फेरि मौनता छायो मसङ्ग बोल्ने शव्द नै थिएन कि भेटिएन तर मेरो फोन निकै बेर देखि बजिरहेको थियो । प्रतिभाले फोन उठाउन आग्रह गरिन मैले फोन हेरेको घरबाट आमाको रहेछ । फोन उठाएर प्रणाम टक्राउदै हालखबर बुझे जब आमाले मेरो हालखबर बारे बुझ्न खोज्नु भयो।मैले आमालाई भने  आमा घर सजाउँनुहोस् कमेरो र रातो माटोले लिपपोत गर्नुहोस्  टपरी खुट्नुहोस रोटि पकाउँनुहोस अनि आरती खुटनुहोस् र बुहारिको स्वागत गर्न तयार भएर बस्नुहोस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top