पाँच स, दक्षिण कोरियाको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना !

अर्घाखाँची सम्पर्क मञ्चः विक्रम सम्वत २०८१ माघ १३ गते, तदनुसार (26 जनाबरी 2025) दक्षिण कोरियामा रहेका नेपाली समुदायको बौद्धिक, सांस्कृतिक तथा सामाजिक उन्नयनका लागि कार्यरत सनातन साहित्य संगीत साधना समूह पाँच स, दक्षिण कोरिया को आठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

यस ऐतिहासिक अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको तर्फबाट नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ।

साहित्य, संगीत, संस्कृति, र समाजसेवामा उल्लेखनीय योगदान पुर्‌याउँदै आएको यस संस्थाले नेपाली भाषा, संस्कार र परम्पराको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसैक्रममा, नयाँ कार्यसमितिको नेतृत्वमा संस्थाले अझ दरिलो पाइला चाल्दै नेपाल र प्रवासमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले गरेको छ।

नवनिर्वाचित कार्यसमिति:

संरक्षकहरु:

  • नरेश मेहता
  • विष्णु थापा

कार्यसमिति:

  • अध्यक्ष: श्याम अर्याल
  • वरिष्ठ उपाध्यक्ष: महेन्द्र सापकोटा
  • उपाध्यक्षहरू: अर्जुन थापा, बाबू भुवन र शोभा अर्याल
  • महिला उपाध्यक्ष: जयन्ती शर्मा
  • महासचिव: मनोज भुसाल
  • सचिवहरू: रुपक केसि, दुर्गा कुवँर ऋषि, गुल्सन शाह र उद्धव नेपाल
  • कोषाध्यक्ष: दामोदर भुसाल
  • सह-कोषाध्यक्ष: जीवन भट्टराई
  • युवा संयोजक: कृष्णप्रसाद न्यौपाने
  • संचार विभाग प्रमुख: निरज न्यौपाने
  • सक्रिय सदस्यहरू: योगेन्द्र दाहाल, कुल बिक्रम शाह, चेतन ढुंगाना, महेन्द्र पौडेल, गोबिन्द अधिकारी, सागर थापा, वेद प्रसाद काफ्ले, दिनेश पाण्डे, मिलन सापकोटा, गुरुदत्त डुम्रे, सुन्दर पौडेल, कमल न्यौपाने, प्रकाश अधिकारी, सिर्जना कार्की र अर्जुन अर्याल।

नयाँ कार्यसमिति चयनसँगै संस्कृति, साहित्य, संगीत तथा समाजसेवा प्रवर्द्धन गर्ने संस्था अझ क्रियाशील हुने अपेक्षा गरिएको छ। प्रवासी नेपाली समुदायबीच भाषा, साहित्य र सांस्कृतिक पहिचान बचाइराख्न यो संस्था अहिलेसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाले सनातन साहित्य संगीत साधना समूह पाँच स, दक्षिण कोरिया को निरन्तर प्रगतिको कामना गर्दै नवगठित कार्यसमिति सदस्यहरूलाई सशक्त कार्यकालको शुभेच्छा व्यक्त गर्दछ। संस्थाले उठाएका हरेक रचनात्मक कार्यक्रमहरू सफल होऊन् भन्ने हाम्रो शुभेच्छा रहेको छ।नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा उज्ज्वल कार्यकालको मंगलमय शुभकामना !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top